काठमाडौं- स्थानीय बजारमा आज तोलामा सुनको मूल्य बढेकाे छ । सुनकाे मूल्य आज प्रतिताेला ५ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य प्रतिताेला २ सय ४५ रुपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य मूल्यमा प्रतितोला तीन लाख २० हजार ५०० कायम भएकाे छ । एक तोला चाँदीको मोल ५ हजार ९ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनानएकाे छ ।
त्यस्तै, शुक्रबार एक सुनकाे ३ लाख १४ हजार ९ सय रुपैयाँ र एक तोला चाँदीको मोल ५ हजार ७ सय ४० कायम भएको थियो ।