काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएकाे छ । बुधबारकाे तुलनामा सुन ताेलाकाे ६०० रुपैयाँ र चाँदी १० रुपैयाँ बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ३ लाख १५ हजार ४०० रुपैयाँ कायम भएकाे छ ।
साथै एक तोला चाँदीको मोल ५ हजार ७२५ रुपैयाँ कायम भएको महासंघले जनानएकाे हाे । हिजाे एक तोला चाँदीको मोल ५ हजार ७१५ कायम भएको थियो ।