काठमाडौं- स्थानीय बजारमा आज तोलामा १३ सय रुपैयाँले सुनको मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल ५ हजार ५८५ रुपैयाँ कायम भएको हाे ।
त्यसैगरी साेमबार छापावाल सुकाे मूल्य प्रतितोला तीन लाख १३ हजार ५०० सय रुपैयाँ र एक तोला चाँदीको मोल ५ हजार ५९५ कायम भएको थियो ।