काठमाडौं- स्थानीय बजारमा आज तोलामा ५ हजार ६ सय रुपैयाँले सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने ४ सय २५ रुपैयाँले बढेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १० हजार ३०० र एक तोला चाँदीको मोल ५ हजार ४५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख ४ हजार ७ सय रुपैयाँ र एक तोला चाँदीको मोल ५ हजार २५ कायम भएको थियो ।