काठमाडौं- आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मङ्गबारको तुलनामा आज सुन तोलामा एक हजार ५०० रुपैयाँले घटेको छ भने चाँदी पाँच रुपैयाँले घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ४०० रुपैयाँ तथा एक तोला चाँदीको मोल चार हजार ८८० रुपैयाँ निर्धारण भएको छ ।
हिजो मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ९०० रुपैयाँ तथा एक तोला चाँदीको मोल चार हजार ८८५ रुपैयाँ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख दुई हजार ८०० रुपैयाँ तथा एक तोला चाँदीको मोल चार हजार ८६० रुपैयाँ निर्धारण भएको छ ।
साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन तीन लाख पाँच हजार ८०० रुपैयाँ र त्यति नै चाँदी चार हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९२० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।