काठमाडौं- स्थानीय बजारमा आज तोलामा ३ हजार रुपैयाँले सुनको मूल्य घटेको छ । त्यस्तै चाँदीको मूल्य भने एक सय २५ रुपैयाँले घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख २ हजार ८०० र एक तोला चाँदीको मोल ४ हजार ८६० रुपैयाँ कायम भएको छ ।
आईतबार छापावाल सुन प्रतितोला तीन लाख ५ हजार ८ सय रुपैयाँ र एक तोला चाँदीको मोल ४ हजार ९८५ कायम भएको थियो ।