काठमाडौं- स्थानीय बजारमा आज तोलामा २ हजार ३ सय रुपैयाँले सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख ५ हजार ८०० र एक तोला चाँदीको मोल ४ हजार ९८५ रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख ५ हजार रुपैयाँ र एक तोला चाँदीको मोल ४ हजार ९८५ कायम भएको थियो ।