Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
समाचार
  • Home
  • समाचार
  • अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २६, २०८२

काठमाडौं- प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-६ जरङ्ख बस्ने नवलपरासी पूर्व घर भएका २४ वर्षीय गुराँस गुरुङ र काठमाडौँ नारायणथान बस्ने सिन्धुली दुधौली गाउँपालिका-२ घर भएका २३ वर्षीय रोशन भुजेल रहेका छन् । 

उनीहरका साथबाट प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल एक हजार ८०० ट्याब्लेट बरामद गरेको छ । उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौँ महानगरपालिका-१६ ढुङ्गेधारा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५९० ट्याब्लेटसहित काठमाडौँ टेकु बस्ने नुवाकोट घर भएका २२ वर्षीय प्रकाश ठकुरीलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बा५५प ८४६६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीमा उक्त लागूऔषध फेला पारी चालक ठकुरीलाई पक्राउ गरेको हो । यसैगरी काठमाडौँ महानगरपालिका-१८ नरदेवीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४७० ट्याब्लेटसहित तीन जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मकवानपुर घर भएका २४ वर्षीय राजेश गमाल, कालीकोट घर भएका २२ वर्षीय निराञ्जन रोकाय र काठमाडौँ महानगरपालिका-१८ घर भएका कुशलरत्न तुलाधर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए। उनीहरूलाई प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

Hardik health

उता लम्कीचुहा नगरपालिका-१ लम्की बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय प्रेम विकलाई प्रहरीले पक्राउ गरेको छ । निजलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कैलालीकै टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ३९० मिलिग्रामसहित सोही नगरपालिका-८ बस्ने १९ वर्षीय धनराज बुढा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३७० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१ बस्ने २९ वर्षीय दिनेश विकलाई समेत प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, ग्रामथान गाउँपालिका-५ सोमबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल एक हजार २० ट्याब्लेट र स्पास्पेन एक हजार ५०० ट्याब्लेटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-११ बस्ने २५ वर्षीय रन्जित साह र सोही गाउँपालिका-५ तेतरिया चोकस्थित बैजनाथ औषधि पसलका सञ्चालक ७३ वर्षीय भकुलाल विश्वास थारू रहेका प्रवक्ता काफ्लेले बताए । 

उनका अनुसार प्रहरी चौकी तेतरियाबाट खटिएको प्रहरीले तेतरियाबाट नेताचोकतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ ह ३९७३ नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक रन्जित साह र सिटीमा सवार भकुलाललाई पक्राउ गरेको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ पाँच ग्राम ४२ मिलिग्रामसहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय दीपक विक र २५ वर्षीय अशोक विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उक्त घटनका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिए ।


प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ आइतबार, जेठ १०, २०८३
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ शनिबार, जेठ ९, २०८३
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा शनिबार, जेठ ९, २०८३
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ शुक्रबार, जेठ ८, २०८३
फरार प्रतिवादी सात वर्षपछि पक्राउ
फरार प्रतिवादी सात वर्षपछि पक्राउ शुक्रबार, जेठ ८, २०८३
अवैध लागुऔषधसहित १७ जना पक्राउ
अवैध लागुऔषधसहित १७ जना पक्राउ बुधबार, जेठ ६, २०८३
पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ
पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ मंगलबार, जेठ ५, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP