काठमाडौं - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेकाे छ । आज छापावाल सुनकाे मूल्य ताेलाको ४ हजार १ सय रुपैयाँले बढेकाे हाे ।
आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ४ हजार ६ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार सुनको मूल्य प्रतितोला तीन लाख ५ सय रुपैँयामा कारोबार भएको थियो ।
आज चांँदीको मोल प्रतितोला २ सय ४० रुपैँयाले बढेकाे छ । आज चांँदीको मोल प्रतितोला ५ हजार २ सय ५० रुपैँयामा कारोबार भइरहेकाे महासंघले जनाएको छ । यस्तै, आईतबार चाँदी प्रतितोला ५ हजार १० रुपैँयामा कारोबार भएकाे थियाे ।