काठमाडौं - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेकाे छ ।
आज एक तोला छापावाल सुनको मूल्य तीन लाख पाँच सय रुपैँयामा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ७१० कायम भएको थियाे ।
आज एक तोला चाँदीकाे मूल्य पाँच हजार दश रुपैँयामा काराेबार भइरहेकाे छ ।