काठमाडौं - बजारमा आज सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको छ । आज प्रतितोला सुनको मूल्य तीन लाख ४ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हाे ।
मंगलबार प्रतितोला सुनको मूल्य दुई लाख ९० हजार ३०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियाे ।
आज प्रतितोला चाँदीको मूल्य पाँच हजार ६०० रुपैयाँमा कारोबार भइरहेकाे छ । मंगलबार प्रतितोला चाँदीको मूल्य पाँच हजार ३३५ रुपैयाँमा कारोबार भइकाे थियाे ।
यही माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । महासङ्घका अनुसार उक्त दिन सुनको मोल प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो ।