Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २०, २०८२

काठमाडौं -  नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शन गरिएका थिए। महोत्सवको समापन भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजना गरिएको विशेष समारोहमार्फत गरिएको हो।

समापन समारोहमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र तथा चलचित्रकर्मीलाई अवार्ड प्रदान गरिएको थियो। राष्ट्रिय फिचर चलचित्रतर्फ सुवर्ण थापाको निर्देशनमा बनेको ‘द सेक्रेट अफ राधा’ ले सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रको अवार्ड प्राप्त गरेको छ। सर्वोत्कृष्ट राष्ट्रिय अभिनेताको अवार्ड चलचित्र ‘ज्वाइँ साब’ बाट जितु नेपालले प्राप्त गर्दा चलचित्र ‘कोसेढुंगा’ बाट सुरक्षा पन्त सर्वोत्कृष्ट राष्ट्रिय अभिनेत्री घोषित भइन्। सोही चलचित्र ‘कोसेढुंगा’ का निर्देशक सरोज पौडेलले सर्वोत्कृष्ट राष्ट्रिय निर्देशकको अवार्ड प्राप्त गरे भने ‘द सेक्रेट अफ राधा’ का लागि नरेन्द्र मैनालीले सर्वोत्कृष्ट राष्ट्रिय छायांकनको अवार्ड हात पारे।

वृत्तचित्र ‘इन्टु द मिस्ट’ बाट सचिन घिमिरेले सर्वोत्कृष्ट राष्ट्रिय लेखक अवार्ड प्राप्त गरे। लघु चलचित्र ‘दृश्य (द लाइट अफ आइज)’ ले सर्वोत्कृष्ट राष्ट्रिय विशेष उल्लेख अवार्ड प्राप्त गरेको छ। जुरी विशेष उल्लेख अवार्ड निर्देशक पत्रिका घिमिरेको ‘ह्वाट ग्रोज इन थारी मैलाको भेगिटेबल गार्डेन ?’ तथा निर्देशक डब्बु क्षेत्रीको ‘द चेन्ज’ लाई प्रदान गरिएको थियो। अन्य राष्ट्रिय विधातर्फ निर्देशक ड्यानियल गदालको ‘इनार’ ले सर्वोत्कृष्ट राष्ट्रिय लघु चलचित्र, निर्देशक लावा प्याकुरेलको ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ ले सर्वोत्कृष्ट राष्ट्रिय वृत्तचित्र, निर्देशक गोविन्द प्रसाद ढकालको ‘साइलन्ट स्कार्स’ ले सर्वोत्कृष्ट राष्ट्रिय बाल चलचित्र, निर्देशक आस्था श्रेष्ठको ‘रङ सबै गुलाबी’ ले सर्वोत्कृष्ट राष्ट्रिय महिला चलचित्र तथा निर्देशक सुनिल बाबु पन्तको ‘अजिमा एण्ड सिक्स जेन्डर्स’ ले सर्वोत्कृष्ट राष्ट्रिय सांस्कृतिक चलचित्रको अवार्ड प्राप्त गरेको छ।

Hardik health

महोत्सवमा ४० भन्दा बढी अन्तर्राष्ट्रिय चलचित्रकर्मी, निर्णायक तथा अतिथिहरूको सहभागिता रहेको थियो। अन्तर्राष्ट्रिय श्रेणी अन्तर्गत आयोजित प्यानल छलफलमा बेलायतकी अन्तर्राष्ट्रिय जुरी सदस्य एड्रिना कुलिग, अर्जेन्टिनाका डा. जर्ज जोर्गे क्यारोभोत्ता, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सूर्य थपलिया तथा डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङ सहभागी थिए। महोत्सव बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय, गोकर्णेश्वर नगरपालिका, चलचित्र विकास बोर्ड तथा नेपाल पर्यटन बोर्डको सहकार्य र सहयोगमा सम्पन्न गरिएको आयोजकले जनाएको छ। महोत्सवअन्तर्गत अष्ट्रेलियाली चलचित्र निर्देशक मौलिनाथ गंगुलीद्वारा मास्टर क्लास पनि सञ्चालन गरिएको थियो।

अन्तर्राष्ट्रिय चलचित्रतर्फ भारतका निर्देशक जयन चेरियनको ‘रिदम अफ दमाम’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्रको अवार्ड प्राप्त गरेको छ। सोही चलचित्रबाट चिनमाया सिद्धिले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेताको अवार्ड जितेका छन्। अष्ट्रेलियाका निर्देशक मौलिनाथ गंगुलीको ‘कुप्पा’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छोटो चलचित्र, लिथुआनियाका निर्देशक गिएड्रे जेनेभिसियुटेको ‘द हेड’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर वृत्तचित्र तथा इजरायलका निर्देशक हावर्ड रिपको ‘गिम्पेलः द फूल रिटर्न्स टु पोल्याण्ड’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छोटो वृत्तचित्रको अवार्ड प्राप्त गरेको छ।

यसैगरी बेलायतकी निर्देशक स्वेकृति राईको ‘द पिपल क्लोजेस्ट टु हेभन’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय महिला चलचित्र, काजाकस्तानको ‘स्पार्क’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय बाल चलचित्र, क्यानडाकी निर्देशक फरीबा फरजामको ‘रिड्याक्टेड ड्रिम्स’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र, थाइल्याण्डको ‘रे द रग’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय एनिमेशन चलचित्र तथा बंगलादेशको ‘द टेस्ट अफ हनी’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वातावरणीय चलचित्रको अवार्ड प्राप्त गरेको छ।

भारतको चलचित्र ‘सी इट!’ का लागि शान्ति मोहन र मुकुन्द मूर्तिले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय निर्देशक अवार्ड प्राप्त गरेका छन्। जर्मनीका ओली ड्युरले ‘जेपेलिन राइट अबभ’ बाट सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लेखक अवार्ड जित्दा ब्राजिलकी क्यारोलिन रोहरिगले ‘ट्राइ योर लक’ बाट सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेत्री अवार्ड प्राप्त गरिन्। भारतका बेनिश मुजसाबाले ‘नेचर्स ब्यान्डेज’ का लागि सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छायांकन अवार्ड प्राप्त गरेका छन् भने बंगलादेशका निर्देशक जमिल्लाह भान डर हल्स्टको ‘ह्वेयर द किड्स ह्याभ नो नेम’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय जुरी अवार्ड हात पारेको छ।विशेष उल्लेख अवार्डतर्फ हङकङका निर्देशक क्रिस्टिन युङको ‘महाकुम्भः एन ओसन अफ डिभोशन’, चीनका निर्देशक बिङ लुओको ‘न्यु डन’ तथा फ्रान्सकी निर्देशक पाउलिन बर्नार्ड–भर्नायको ‘कासा सुसाना’ सम्मानित भएका छन्।


प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १२:३६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
'जोगिन्दर'ले गाईजात्रालाई लक्षित गर्दै हास्यव्यंग्य प्रस्तुति 'बालेन सरकार' गरे सार्वजनिक
'जोगिन्दर'ले गाईजात्रालाई लक्षित गर्दै हास्यव्यंग्य प्रस्तुति 'बालेन सरकार' गरे सार्वजनिक आइतबार, साउन २४, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP