काठमाडौं - बजारमा आज सुनको मूल्य प्रतितोला ३ हजार ७०० रुपैयाँले बढेको छ । आज प्रतितोला सुनको मूल्य दुई लाख ९० हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हाे ।
साेमबार प्रतितोला सुनको मूल्य दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियाे । महासङ्घका अनुसार आज चाँदीको मोल पनि बढेको छ ।आज प्रतितोला चाँदीको मूल्य पाँच हजार ३३५ रुपैयाँमा कारोबार भइरहेकाे छ ।
साेमबार प्रतितोला चाँदीको मूल्य पाँच हजार दुई सय रुपैयाँमा कारोबार भइकाे थियाे । यही माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । महासङ्घका अनुसार उक्त दिन सुनको मोल प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो ।