काठमाडौं- माघ महिनाकाे सुनचाँदी काराेबारमा दिन दिनै नयाँ कीर्तिमान कायम भइरहदा शुक्रबारदेखि केही मूल्य घटेकाे छ । आज छापावाल सुनकाे मूल्य ताेलाको १८ हजार ८ सय रुपैयाँले घटेकाे हाे ।
आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख रुपैँयामा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८ सय रुपैँया कायम भएको थियाे ।
आज चांँदीको मोल प्रतितोला पाँच हजार ५०० रुपैँयामा कारोबार भइरहेकाे महासंघले जनाएको छ । यस्तै शुक्रबार चाँदी प्रतितोला सात हजार ६५ रुपैँयामा काराेबार भएकाे थियाे ।