Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम
पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १६, २०८२

काठमाडौं- नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’ शीर्षकमा कला प्रदर्शनी तथा कलाकार संवाद कार्यक्रम आयोजना गरिएको छ । प्रदर्शनीमा नेपाली कलाकार बिधाता केसीका कृतिहरू प्रदर्शन गरिएको थियो । केसीका अनुसार उनका कृत्ति पाकिस्तान भ्रमण र त्यहाँका अनुभवबाट प्रेरित थिए । 

त्यस अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अबरार हाश्मीले कलाकारको उत्कृष्ट कार्य तथा नेपाली दृष्टिकोणबाट पाकिस्तानको सृजनात्मक प्रस्तुतीकरणको सराहना गर्नुभएको थियो । उहाँले सांस्कृतिक कूटनीति पाकिस्तान-नेपाल सम्बन्धको एक महत्वपूर्ण स्तम्भ रहेको उल्लेख गर्दै दूतावास साझा इतिहास, संस्कृति तथा पारस्परिक समझदारी प्रवद्र्धनप्रति प्रतिबद्ध रहेको बताए थिए । 

कलाकार केसीले पाकिस्तानमा सम्पन्न ‘दक्षिण एसियाली देशहरूका लागि कलाकार आवासीय कार्यक्रम’ मा सहभागिताको आफ्नो अनुभव सुनाएका थिए । उनले पाकिस्तानका विभिन्न स्थानको भ्रमणका क्रममा प्राप्त गरेका समृद्ध कलात्मक, सांस्कृतिक तथा सामाजिक छापहरूले आफ्ना सिर्जनामा कसरी प्रेरणा दिएकाबारे वर्णन गरेका थिए । उनले पाकिस्तानको कला र संस्कृतिप्रति प्रशंसा व्यक्त गर्दै आफ्नो बसाइका क्रममा प्राप्त आतिथ्यताप्रति धन्यवाद दिएका थिए ।

Hardik health

कार्यक्रममा अन्य अतिथिहरूले कार्यक्रम आयोजनाका लागि पाकिस्तान दूतावासको प्रयासको प्रशंसा गर्दै कलाकार केसीका कृतिहरूमा झल्किएको कलात्मक उत्कृष्टता तथा भावपूर्ण अभिव्यक्तिको सराहना गरेका थिए  ।  सो अवसरमा आगामी ५ देखि ७ फेब्रुअरी २०२६ सम्म काठमाडौँमा पाकिस्तान फुड फेस्टिभल आयोजना गरिने घोषणासमेत गरिएको थियो । यसले नेपाली जनतालाई पाकिस्तानको समृद्ध सांस्कृतिक सम्पदा तथा परिकार परम्पराको स्वाद लिन अर्को अवसर प्रदान गर्ने बताइएको छ ।

कार्यक्रममा कला प्रेमी, कलाकार, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रभावक तथा पाकिस्तान दूतावासका कर्मचारी र परिवारजनको उपस्थिति थियो । विविध पृष्ठभूमिका सहभागीहरूको उपस्थितिले नेपाल र पाकिस्तानबीचको सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्धप्रतिको चासोलाई झल्काएको थियो ।
 


प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक शुक्रबार, माघ १६, २०८२
आजदेखि ‘आ बाट आमा’ प्रदर्शनमा
आजदेखि ‘आ बाट आमा’ प्रदर्शनमा शुक्रबार, माघ १६, २०८२
‘ब्रेकअप’ पछिको कथामा ‘रमिताको पिरती’
‘ब्रेकअप’ पछिको कथामा ‘रमिताको पिरती’ बिहीबार, माघ १५, २०८२
दर्शकको मन जित्न सफल अभिनेता विजय बराल अब नयाँ भूमिकामा
दर्शकको मन जित्न सफल अभिनेता विजय बराल अब नयाँ भूमिकामा सोमबार, माघ १२, २०८२
चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक
चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक सोमबार, माघ १२, २०८२
चलचित्र भवनमा ‘परिवर्तन’
चलचित्र भवनमा ‘परिवर्तन’ आइतबार, माघ ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP