काठमाडौं- माघ महिनाकाे सुनचाँदी काराेबारमा दिन दिनै नयाँ कीर्तिमान कायम भइरहदा आज केही मूल्य घटेकाे छ ।हिजाे छापावाल सुनकाे मूल्य ताेलाको २० हजार ५ सय रुपैयाँले बढेकाेमा साेही मूल्यले आज घटेकाे हाे ।
आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८ सय रुपैँयामा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार ३ सय रुपैँया कायम भएको थियाे ।
आज चांँदीको मोल प्रतितोला सात हजार ६५ रुपैँयामा कारोबार भइरहेकाे महासंघले जनाएको छ । यस्तै बिहिबार चाँदी प्रतितोला सात हजार ५०५ रुपैँयामा कारोबार भएकाे थियाे ।