Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘ब्रेकअप’ पछिको कथामा ‘रमिताको पिरती’
‘ब्रेकअप’ पछिको कथामा ‘रमिताको पिरती’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १५, २०८२

काठमाडौ- नेपाली चलचित्र ‘रमिताको पिरती’ ‘ब्रेकअप स्टोरी’ मा तयार भएको निर्देशक सुदिप्ताले बताए । चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक भएपछि बुधबार नेपाल चलचित्र क्याम्पसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्देशक सुदिप्ताले चलचित्रमा रमिता नामक पात्रको ‘ब्रेकअप’ भएपछिको कथालाई देखाइएको बताएका हुन्  । 

उनले भने, “नेपालमा यस्तो विषयमा चलचित्र बनेको छैन जस्तो लाग्छ । यो एउटा युवतीले प्रेममा ‘ब्रेकअप’ भएपछि के गर्छिन् वा साचो प्रेम खोज्दा आउने परिस्थितिमा आधारित रहेर तयार गरिएको हो । मलाई यस्तै कथामा चलचित्र तयार गर्नु थियो, यसको कथासँग अहिलेको नव पुस्ताले जोडिएको महसुस गर्छन् जस्तो लाग्छ ।”

निर्देशक सुदिप्ताले चलचित्रको कथा ‘रमिता’ नामक पात्रकै वरिपरि घुम्ने बताए । चलचित्रमा ‘रमिता’ को भूमिका अभिनेत्री आना शर्माले निर्वाह गरेका छन् । यस चलचित्रमा उनी अभिनयसँगै कार्यकारी निर्मात्रीका रूपमा पनि हुन् ।    “मैले महिला केन्द्रित पहिलो चलचित्रमा काम गर्दैछु । यसको कथासँग अपनत्व महसुस गरेकीले नै कार्यकारी निर्मात्रीका रुपमा जोडिएकी हुँ । हामीले चलचित्रमा नयाँ कथालाई स्थान दिने ऊर्जावान् समूहसँग मिलेर काम गरेमा मात्र नयाँ विषय र चलचित्रकर्मीको आगमन हुन्छ । यो चलचित्र नियमितभन्दा फरक भन्ने तथ्यलाई यसको सार्वजनिक प्रचार सामग्रीले पनि प्रस्ट्याउँछ,” अभिनेत्री शर्माले भनिन् । 

Hardik health

यसै चलचित्रमार्फत गायनमा स्थापित हुनुभएका गायक समीर श्रेष्ठ अभिनेताका रूपमा प्रस्तुत भएका छन् । प्रायः आफ्नै गीतको श्रव्यदृश्य (म्युजिक भिडिओ) मा देखिनुहुने गायक श्रेष्ठले यसपटक अभिनेताको नयाँ परिचय थपेका हुन् ।  उनले भने, “मैले अभिनय गर्ने सोच बनाएको थिएँ, तर सही समय र पटकथा पाउन सकेको थिइनँ । मलाई अभिनेता बन्ने प्रस्ताव आउँदा पहिलो कुरा टोली राम्रो लाग्यो अनि विषयवस्तु पनि । सबै कुरा भने जस्तो भएपछि किन पर्खिने भनेर अभिनय यात्रा प्रारम्भ गरेको हुँ ।”

श्रेष्ठले आगामी समयमा गायन र अभिनयलाई सँगै अगाडि बढाउने बताउनुभयो । उक्त चलचित्रमा धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगित, थिन्ले लामोलगायत कलाकारले पनि अभिनय गरेका छन् । चलचित्रको पटकथा निर्देशक सुदिप्ताले नै तयार पारेका हुन् भने शिशिर विशङ्खेले छायाङ्कन, सुनिल सिवाकोटीले सम्पादन र कृतिका बरालले नृत्य निर्देशन गरेका छन् । उक्त चलचित्र आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ । 
 


प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
'जोगिन्दर'ले गाईजात्रालाई लक्षित गर्दै हास्यव्यंग्य प्रस्तुति 'बालेन सरकार' गरे सार्वजनिक
'जोगिन्दर'ले गाईजात्रालाई लक्षित गर्दै हास्यव्यंग्य प्रस्तुति 'बालेन सरकार' गरे सार्वजनिक आइतबार, साउन २४, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP