काठमाडौं - माघ महिनाकाे सुनचाँदी काराेबारमा दिन दिनै नयाँ कीर्तिमान कायम भइरहेकाे छ । आज छापावाल सुनकाे मूल्य ताेलाको नाै हजार पाँच सय रुपैयाँले बढेकाे हाे ।
आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार पाँच सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार सुनको मूल्य प्रतितोला तीन लाख ९ हजार तीन सय रुपैँयामा कारोबार भएको थियो ।
आज चांँदीको मोल प्रतितोला चार सय तीस रुपैँयाले बढेकाे छ । आज चांँदीको मोल प्रतितोला सात हजार तीन सय रुपैँयामा कारोबार भइरहेकाे महासंघले जनाएको छ । यस्तै मंगलबार चाँदी प्रतितोला ६ हजार ८ सय ७० रुपैँयामा कारोबार भएकाे थियाे ।