काठमाडौं- माघ महिनाकाे सुनचाँदी काराेबारमा दिन दिनै नयाँ कीर्तिमान कायम भइरहेकाे छ । आज छापावाल सुनकाे मूल्य ताेलाको ३ सय रुपैयाँले बढेकाे हाे ।
आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ९ हजार तीन सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार सुनको मूल्य प्रतितोला तीन लाख ३ हजार ९ हजार रुपैँयामा कारोबार भएको थियो ।
आज चांँदीको मोल प्रतितोला ६ हजार ८ सय ७० रुपैँयामा कारोबार भइरहेकाे महासंघले जनाएको छ । यस्तै साेमबार चाँदी प्रतितोला ६ हजार ७ सय ६५ रुपैँयामा कारोबार भएको थियो ।