काठमाडौं- माघ महिनाकाे सुनचाँदी काराेबारमा नयाँ मूल्यकाे कीर्तिमान कायम छ । आज छापावाल सुन ताेलाको पाँच हजार १ सय रुपैयाँ र चाँदी २ सय ८५ रुपैयाँले बढेकाे हाे ।
आज छापावाल सुनको मूल्य प्रतितोला प्रतितोला तीन लाख ९ हजार रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला तीन लाख ३ हजार ८ सय रुपैँयामा कारोबार भएको थियो ।
आज चांँदीको मोल प्रतितोला २ सय ८५ रुपैँयाले बढेर र प्रतितोला ६ हजार ७ सय ६५ रुपैँयामा कारोबार भइरहेकाे महासंघले जनाएको छ । यस्तै आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैँयामा कारोबार भएको थियो ।