काठमाडौं- माघ महिनाकाे सुनचाँदी काराेबारमा नयाँ मूल्यकाे कीर्तिमान कायम छ ।
आज एक तोला छापावाल सुनको मूल्य तीन लाख तीन हजार ८०० रुपैयाँ रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
शुक्रबार एक ताेला सुनको तीन लाख एक हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
गत आइतबार एक तोला सुन दुई लाख ७८ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मोल छ हजार ४८० रुपैयाँ कायम भएको छ । शुक्रबार एक ताेला चाँदीको मोल छ हजार १९० रुपैयाँ कायम भएको छ ।