काठमाडौं - ‘मिसेस वर्ल्ड २०२६’ मा भाग लिन ‘मिसेस नेपाल इन्टरनेसनल’ सञ्जु भट्ट अमेरिका प्रस्थान गरेकी छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रिबन इन्टरटेनमेन्टका पदाधिकारीले बिदाइ गरेका हुन् ।
प्रतियोगिता २७ जनवरीदेखि अमेरिकाको लस-भेगासस्थित नेभाडामा प्रतियोगिता सुरु हुँदैछ । ग्रान्ड फिनाले चाहिँ २९ जनवरीमा हुनेछ ।
अमेरिकातर्फ प्रस्थान गर्नुअघि भट्टले मुलुकलाई जिताउन आफूले सक्दो प्रयास गर्ने बताइन् । भट्टले उपाधि विजेता रक्षा पन्तको ठाउँमा प्रतिनिधित्व गर्दै राष्ट्रिय पोशाक र ककटेल ड्रेस डिजाइनरहरूले तयार पारेका छन्।
उपाधि विजेता रक्षा पन्तको ठाउँमा उपविजेता भट्टले मुलुकको प्रतिनिधित्व गर्न लागेकी हुन् । ‘मिसेस वर्ल्ड’ विवाहित महिलाको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता हो ।