Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  •  'अञ्जिला र द मंकी' १४ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेष्टिवलमा सर्वोत्कृष्ट
 'अञ्जिला र द मंकी' १४ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेष्टिवलमा सर्वोत्कृष्ट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ७, २०८२

काठमाडौं - अभिनेता नीर शाह र अभिनेत्री सुरक्षा पन्त उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएका छन् । चलचित्र विकास बोर्डको सहकार्य र कलेज अफ मास कम्युनिकेशन र बिलक्षण क्रियशनको संयुक्त आयोजनमा सम्पन्न १४ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेष्टिवलको नेपाल पानारोमा अन्र्तगत  शाह र पन्तले क्रमश चलचित्र ‘परान’ र ‘कोशेढुङ्गा’बाट अवार्ड प्राप्त गरेका हुन् ।

सोमबार साँझ चलचित्र बिकास बोर्डमा सम्पन्न फेष्टिवलमा नेशनल पानारोमा अन्र्तगत २० बिधा र इन्टरनेशनल पानारोमा अन्र्तगत ६ गरि कुल २६ बिधामा अवार्ड प्रदान गरिएको थियो । नेपाल सहित २० देशका चलचित्र सहभागी फेष्टिवलमा फिचर, सर्ट तथा डकुमेण्ट्री गरि २० वटा स्वदेशी र २३ वटा विदेशी चलचित्र सहभागी थिए ।

फेष्टिवलको नेपाल पानारोमा अन्र्तगत चलचित्र ‘अञ्जिला’ले उत्कृष्ट चलचित्र सहित ४ बिधामा अवार्ड प्राप्त गरेको छ । ‘अञ्जिला’बाट मिलन चाम्सले उत्कृष्ट निर्देशक, मञ्जु श्रेष्ठले उत्कृष्ट सहअभिनेत्री र थानेश्वर गौतमले चलचित्रको ‘रात किन हुन्छ’ गीतबाट उत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गरे ।

यस्तै चलचित्र ‘कोशेढुङ्गा’लाई स्पेशल मेन्सन अवार्ड (चलचित्र) प्रदान गरियो भने यसै चलचित्रबाट नायक आर्यन सिग्देलले सह–अभिनेता र मञ्जिल कुमारले नव अभिनेताको अवार्ड प्राप्त गरे । ‘परान’ले जुरी अवार्ड (चलचित्र) प्राप्त गर्दा यसका निर्देशक दिपक प्रसाद आचार्य (काकु)ले नव निर्देशकको अवार्ड प्राप्त गरे । फेष्टिवलमा ‘कोशेढुङ्गा’ले ४ र ‘परान’ले ३ बिधामा अवार्ड प्राप्त ग¥यो ।

Hardik health

फेष्टिवलमा ‘यो मन त मेरो नेपाली हो’बाट रोशन श्रेष्ठले स्पेशल मेन्सन अवार्ड (अभिनेता) प्रदान गरियो भने चलचित्र ‘माग्ने राजा’को गीत ‘त्यो मिठो जोवन’बाट सविन सुबेदीले उत्कृष्ट गायनको अवार्ड प्राप्त गरे ।आदिवासी चलचित्र अन्र्तगत ‘नाम ओती’ले उत्कृष्ट चलचित्र सहित ३ बिधामा अवार्ड प्र्राप्त ग¥यो । यही चलचित्रबाट निर्देशकको अवार्ड दीलिप फुरुम्बोले प्राप्त गरे भने स्पेशल मेन्सन अवार्ड (नायक) पूर्ण बहादुर लिम्बुले प्राप्त गरे । आदिवासी चलचित्र अन्र्तगत उत्कृष्ट नायकको अवार्ड चलचित्र सेमेक्वां बाट रुद्र पाहिमले प्राप्त गरे ।

यस्तै छोटो चलचित्र तर्फ उत्कृष्ट चलचित्रको अवार्ड ‘भुवा’बाट सौगात बिष्ट र उत्कृष्ट अभिनेताको अवार्ड यसै चलचित्रबाट गजित विष्टले प्राप्त गरे । उत्कृष्ट बिधार्थी चलचित्रको अवार्ड ‘अन्त बार्ता’बाट प्रशन्न मालीले जिते भने डकुमेण्ट्री चलचित्रको अवार्ड ‘अरिंगाल म्यान’बाट भिम लाल श्रेष्ठले प्राप्त गरे ।नेपाली, आदिबासी चलचित्र वृत्तचित्र तथा लघु चलचित्रका लागि नेपाल चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा, सेन्सर बोर्डकी सदस्य भिमा मैनाली, ओस्कार इन्टरनेशनल कलेज अफ फिल्म स्टाडिजका प्रिन्सिपल एवम् चलचित्र निर्देशक राम राजा दाहाल, अभिनेत्री निर्माता निर्देशक रोशनी केसी र गायिका सरिता भारती थिए । समारोहमा ‘द डटर’का लागि बाल कलाकार अप्रिसा भुषाल र ‘डान्सिङ इन फायर’का लागि रमेश खड्कालाई अनरेवल मेन्सन प्रदान गरिएको थियो ।

फेष्टिवलको इन्टरनेशनल पानारोमा अन्र्तगत बेष्ट अफ्रिकन फिल्मको अवार्ड इजिप्टको ‘द मङ्की’, वेष्ट इन्टरनेशनल फिचर फिल्मको अवार्ड बंगलादेशको ‘मेमोरिज अफ ग्लोमी मनसुन’, बेष्ट इन्टनेशनल सर्ट फिल्म भारतको ‘ब्ल्यू’, बेष्ट इन्टरनेशनल डकुमेण्ट्र फिल्मको अवार्ड युक्रेनको ‘नट स्ड्युलेड अर फाइटिङ्ग टु लर्न’, बेष्ट इन्टरनेशनल फिमेल फिल्मको अवार्ड बंगलादेशको ‘लेटर अफ द फलेन लिभ्स्’ र स्पेशल मेन्सन अवार्ड (सर्ट फिल्म) बंगलादेशको ‘नो डाइस’लाई प्रदान गरियो । महोत्सवको अन्तर्राष्ट्रिय निर्णायकमा बंगलादेशबाट चलचित्रकर्मी सुपिन बर्मन, दक्षिण अफ्रिकाबाट चलचित्र निर्देशक एवम् निर्माता क्याथेरिने सोफियानेश र नेपालका चलचित्र निर्देशक छायांकार राजु केसी थिए ।

गत शुक्रबार शुरु भएको फेष्टिवल ४ दिन सम्म चलेको थियो । फेष्टिवलमा चलचित्र विकास बोर्ड सहआयोजकका रुपमा रहेको थियो । यस्तै यसपटक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सहकार्य गरेका थिए ।फेष्टिवलमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सहकार्यमा ‘सिनेमा, नेचर एण्ड कल्चर’ भन्ने भावका साथ फोटो प्रदर्शनी गरिएको थियो । नेपाली चलचित्र आमाको पोष्टर सहित १६ चित्र प्रदर्शनी गरिएको महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिएका छन् ।

यस्तै चलचित्र विकास बोर्डको हलमा चलचित्रको प्रदर्शनी र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा चार दिन सम्म नृत्य प्रशिक्षण कार्यक्रम गरिएको थियो । जसमा ३१ जना प्रशिक्षार्थीलाई राजु शाह, सुवास बुढाथोकी, गजित विष्ट, गम्भिर विष्ट, कृष्ण रसाल र कविराज गहतराले नृत्य प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रशिक्षार्थीलाई प्रशिक्षणको प्रमाण पत्र समेत उपलब्ध गराइएको थियो । चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आथित्यतामा सम्पन्न समापन समारोहका राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र उद्योगमा क्रियाशिल चलचित्रको बाक्लो उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
'जोगिन्दर'ले गाईजात्रालाई लक्षित गर्दै हास्यव्यंग्य प्रस्तुति 'बालेन सरकार' गरे सार्वजनिक
'जोगिन्दर'ले गाईजात्रालाई लक्षित गर्दै हास्यव्यंग्य प्रस्तुति 'बालेन सरकार' गरे सार्वजनिक आइतबार, साउन २४, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP