काठमाडौं - आज स्थानीय बजारमा सुनको मूल्य प्रतिताेला २ लाख ८० हजार नाघेको छ ।
आज एक तोला सुनको मूल्य रु दुई लाख ८२ हजार रुपैँयामा कायम रहकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आइतबार एक तोला सुनकाे मूल्य रु ७७ हजार ८०० रुपैँयामा कारोबार भएको थियो ।
आज एक तोला चाँदीको मोल रु पाँच हजार ८१० रुपैँया कायम भएको छ ।आइतबार त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो ।