काठमाडौं - आइतबार स्थानीय बजारमा सुनको मूल्यमा छ सयले वृद्धि भएको छ । आज एक तोला सुनको मूल्य रु दुई लाख ७७ हजार ८०० रुपैँया रहकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
शुक्रबार एक तोला सुनकाे मूल्य रु दुई लाख ७७ हजार २०० मा कारोबार भएको थियो । गत आइतबार प्रतितोला रु दुई लाख ७० हजार ६०० मा कारोबार कारोबार भएको थियो ।
आइतबार एक तोला चाँदीको मोल रु पाँच हजार ६२५ कायम भएको छ । शुक्रबार त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६४५ मा कारोबार भएको थियो ।