Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
अपराध-सुरक्षा
  • Home
  • अपराध-सुरक्षा
  • एसबिआई बैंक लुटपाट गर्ने ७ पक्राउ, साढे २ करोडभन्दा बढी नगद बरामद
एसबिआई बैंक लुटपाट गर्ने ७ पक्राउ, साढे २ करोडभन्दा बढी नगद बरामद
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २, २०८२

काठमाडाैं -  सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायूटार बस्तीपुरमा रहेको नेपाल एसबिआई बैंकबाट नगद लुटेराहरुलाई प्रहरीले सार्वजनिक गरेको छ  ।  सिन्धुलीको नेपाल एसबिआई बैंकको शाखाबाट ठूलो परिमाणको नगद लुटपाट गर्ने घटनामा संलग्न नकाबधारी लुटेराहरूलाई प्रहरीले सार्वजनिक गरेको हाे  ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक जिल्लाको साविक उग्रतारा जनगाल गाविस–२ हाल बनेपा नगरपालिका–१० का ४९ वर्षीय भागवत सिंह थापा, सिन्धुली घ्याङलेख गाउँपालिका–२ का ४७ वर्षीय चतुरमान बज्यू, चितवन भरतपुर महानगरपालिका–२ का २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, सोही स्थानका १९ वर्षीय विवेक मगर, सिन्धुली घ्याङलेख गाउँपालिका–२ कै ४४ वर्षीय छविलाल स्याङ्तान तथा १६ वर्षीय एक बालक रहेका छन् । घ्याङलेख गाउँपालिका–२ का ४४ वर्षीय छविलाल स्याङ्तान बैंक रहेको घरधनी हुन् । 

प्रहरीका अनुसार गत पुष २९ गते राति ६ जनाको समूहले बैंकमा प्रवेश गरी सुरक्षा गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गर्दा उनी सामान्य घाइते भएका थिए । त्यसपछि बैंकका कर्मचारीहरूलाई समेत नियन्त्रणमा लिई बैंकमा रहेको ३ करोड ७ लाख रुपैयाँ नगद लुटी लुटेरा फरार भएका थिए ।

घटनापछि खटिएको प्रहरी टोलीले मंगलबार राति र बुधबार दिनभर गरी कुल २ करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । साथै घटनामा प्रयोग भएका खुकुरी २ थान, नक्कली प्लास्टिक पेस्तोल १ थान, मोबाइल ५ थान, ठूलो पानी टेप १ थान, कालो र रातो रङका गरी ४ थान नकाब तथा कालो पञ्जा १ जोर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए।

Hardik health

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुरबाट खटिएको टोली घटनास्थलमा पुग्दा बैंकका कर्मचारी र सुरक्षा गार्डलाई दुई कोठामा हातखुट्टा बाँधिएको र मुखमा टेप टाँसिएको अवस्थामा फेला पारी तत्काल उद्धार गरिएको प्रहरीले जनाएको छ । त्यसपछि फरार लुटेराहरूको खोजी तथा पहिचानका लागि सम्भावित नाकामा प्रहरी परिचालन गरिएको थियो ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षक लालध्वज सुवेदीको कमाण्डमा ५० जना प्रहरी परिचालन गरिएको थियो । प्रहरी तथा स्थानीयवासीको सहयोगमा खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब २ किलोमिटर पूर्व लिपिखोलामा बाग्मती प्रदेश ०३–०३९८ नम्बरको टाटा सुमो र चालक भागवत सिंह थापालाई नियन्त्रणमा लिइएको हो ।

अनुसन्धानका क्रममा पुष २९ गते राति जङ्गलका विभिन्न स्थानमा बोरामा लुकाइछिपाइ राखिएको तथा छरपष्ट अवस्थामा रहेको १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ बरामद गरिएको एसपी सुवेदीले जानकारी दिए । त्यसैगरी पुष ३० गते बिहान घ्याङलेख गाउँपालिका–१ सुकाचुरीबाट ४ जना शंकास्पद व्यक्तिलाई स्थानियको सहयोगमा पक्राउ गरी खानतलासी गर्दा ५ लाख ९ हजार ६ सय ७५ रुपैयाँ फेला परेको र उनीहरूको बयानका आधारमा थप ८३ लाख ३५ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

एसपी सुवेदीका अनुसार प्रारम्भिक बयानका आधारमा बैंक रहेको घरका घरधनी छविलाल स्याङ्तान र स्थानिय चतुरमान बज्युको समेत संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिहरूको बयानअनुसार उनीहरूले २०८२ साल असोज महिनादेखि नै बैंक लुट्ने योजना बनाई तयारी तथा सूचना संकलन गर्दै आएको खुलेको छ । 

नेपाल एसबिआई बैंक शाखा कार्यालय घ्याङलेखले उक्त दिन ३ करोड ७ लाख रुपैयाँ लुटिएको जानकारी गराएको छ । हाल पक्राउ परेका प्रतिवादीहरूलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिएका छन् । 

 


प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
थप अपराध-सुरक्षा
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ आइतबार, जेठ १०, २०८३
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ शनिबार, जेठ ९, २०८३
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा शनिबार, जेठ ९, २०८३
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ शुक्रबार, जेठ ८, २०८३
फरार प्रतिवादी सात वर्षपछि पक्राउ
फरार प्रतिवादी सात वर्षपछि पक्राउ शुक्रबार, जेठ ८, २०८३
अवैध लागुऔषधसहित १७ जना पक्राउ
अवैध लागुऔषधसहित १७ जना पक्राउ बुधबार, जेठ ६, २०८३
पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ
पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ मंगलबार, जेठ ५, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP