Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #क्यालिस्थेनिक्स
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #रासस
Search Here
अपराध-सुरक्षा
  • Home
  • अपराध-सुरक्षा
  • एसबिआई बैंक लुटपाट गर्ने ७ पक्राउ, साढे २ करोडभन्दा बढी नगद बरामद
एसबिआई बैंक लुटपाट गर्ने ७ पक्राउ, साढे २ करोडभन्दा बढी नगद बरामद
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २, २०८२

काठमाडाैं -  सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायूटार बस्तीपुरमा रहेको नेपाल एसबिआई बैंकबाट नगद लुटेराहरुलाई प्रहरीले सार्वजनिक गरेको छ  ।  सिन्धुलीको नेपाल एसबिआई बैंकको शाखाबाट ठूलो परिमाणको नगद लुटपाट गर्ने घटनामा संलग्न नकाबधारी लुटेराहरूलाई प्रहरीले सार्वजनिक गरेको हाे  ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक जिल्लाको साविक उग्रतारा जनगाल गाविस–२ हाल बनेपा नगरपालिका–१० का ४९ वर्षीय भागवत सिंह थापा, सिन्धुली घ्याङलेख गाउँपालिका–२ का ४७ वर्षीय चतुरमान बज्यू, चितवन भरतपुर महानगरपालिका–२ का २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, सोही स्थानका १९ वर्षीय विवेक मगर, सिन्धुली घ्याङलेख गाउँपालिका–२ कै ४४ वर्षीय छविलाल स्याङ्तान तथा १६ वर्षीय एक बालक रहेका छन् । घ्याङलेख गाउँपालिका–२ का ४४ वर्षीय छविलाल स्याङ्तान बैंक रहेको घरधनी हुन् । 

प्रहरीका अनुसार गत पुष २९ गते राति ६ जनाको समूहले बैंकमा प्रवेश गरी सुरक्षा गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गर्दा उनी सामान्य घाइते भएका थिए । त्यसपछि बैंकका कर्मचारीहरूलाई समेत नियन्त्रणमा लिई बैंकमा रहेको ३ करोड ७ लाख रुपैयाँ नगद लुटी लुटेरा फरार भएका थिए ।

घटनापछि खटिएको प्रहरी टोलीले मंगलबार राति र बुधबार दिनभर गरी कुल २ करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । साथै घटनामा प्रयोग भएका खुकुरी २ थान, नक्कली प्लास्टिक पेस्तोल १ थान, मोबाइल ५ थान, ठूलो पानी टेप १ थान, कालो र रातो रङका गरी ४ थान नकाब तथा कालो पञ्जा १ जोर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए।

Hardik health

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुरबाट खटिएको टोली घटनास्थलमा पुग्दा बैंकका कर्मचारी र सुरक्षा गार्डलाई दुई कोठामा हातखुट्टा बाँधिएको र मुखमा टेप टाँसिएको अवस्थामा फेला पारी तत्काल उद्धार गरिएको प्रहरीले जनाएको छ । त्यसपछि फरार लुटेराहरूको खोजी तथा पहिचानका लागि सम्भावित नाकामा प्रहरी परिचालन गरिएको थियो ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षक लालध्वज सुवेदीको कमाण्डमा ५० जना प्रहरी परिचालन गरिएको थियो । प्रहरी तथा स्थानीयवासीको सहयोगमा खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब २ किलोमिटर पूर्व लिपिखोलामा बाग्मती प्रदेश ०३–०३९८ नम्बरको टाटा सुमो र चालक भागवत सिंह थापालाई नियन्त्रणमा लिइएको हो ।

अनुसन्धानका क्रममा पुष २९ गते राति जङ्गलका विभिन्न स्थानमा बोरामा लुकाइछिपाइ राखिएको तथा छरपष्ट अवस्थामा रहेको १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ बरामद गरिएको एसपी सुवेदीले जानकारी दिए । त्यसैगरी पुष ३० गते बिहान घ्याङलेख गाउँपालिका–१ सुकाचुरीबाट ४ जना शंकास्पद व्यक्तिलाई स्थानियको सहयोगमा पक्राउ गरी खानतलासी गर्दा ५ लाख ९ हजार ६ सय ७५ रुपैयाँ फेला परेको र उनीहरूको बयानका आधारमा थप ८३ लाख ३५ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

एसपी सुवेदीका अनुसार प्रारम्भिक बयानका आधारमा बैंक रहेको घरका घरधनी छविलाल स्याङ्तान र स्थानिय चतुरमान बज्युको समेत संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिहरूको बयानअनुसार उनीहरूले २०८२ साल असोज महिनादेखि नै बैंक लुट्ने योजना बनाई तयारी तथा सूचना संकलन गर्दै आएको खुलेको छ । 

नेपाल एसबिआई बैंक शाखा कार्यालय घ्याङलेखले उक्त दिन ३ करोड ७ लाख रुपैयाँ लुटिएको जानकारी गराएको छ । हाल पक्राउ परेका प्रतिवादीहरूलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिएका छन् । 

 


प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
थप अपराध-सुरक्षा
ठगी अभियोगमा पाँच जना पक्राउ
ठगी अभियोगमा पाँच जना पक्राउ बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ
स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ बुधबार, पुस ३०, २०८२
दुई करोड २४ लाखका भेप बराबद
दुई करोड २४ लाखका भेप बराबद मंगलबार, पुस २९, २०८२
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ सोमबार, पुस २८, २०८२
कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार
कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP