Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • एकसाथ तीन चलचित्र प्रदर्शनमा
एकसाथ तीन चलचित्र प्रदर्शनमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १, २०८२

काठमाडौं- माघेसङ्क्रान्तिको अवसर पारेर आजदेखि तीन नयाँ नेपाली चलचित्र ‘गोबर गणेश’, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’ नेपालभरका चलचित्र भवनमा प्रदर्शन भएको छ । माघेसङ्क्रान्तिलाई लक्षित गर्दै दिइने बिदालाई लक्षित गर्दै चलचित्रका निर्माता तथा निर्देशकले चलचित्रले दर्शकको साथ पाउने अपेक्षासहित चलचित्र प्रदर्शनमा ल्याएका हुन् । यी तीनै चलचित्र सामाजिक कथावस्तुमा आधारित छन् ।

चलचित्र ‘भाइरल गोर्खे’को विषय सामाजिक सञ्जालसँग जोडेर तयार गरिएको छ । सामाजिक सञ्जालको बढ्दो दबदबाबीच ‘भाइरल’ बन्ने ध्याउन्नमा रहेकालाई चलचित्रले मनोरञ्जनसँगै सन्देश पनि दिने अभिनेता सौगात मल्लले बताए  । उनले भने, “चलचित्रको विषयवस्तु केवल ‘टिकटक’सँग जोडिएको भए सायद म अभिनय गर्थिन होला, तर त्यहाँ समाज र परिवेश जोडिएको छ, एउटा सामान्य व्यक्तिको भाइरल हुने लालस र त्यसले निम्त्याउने आरोहअबरोह चलचित्रमा समेटिएको छ, भाइरल हुन जति मेहनत गर्नुपर्छ, त्यति नै त्यहाँ टिकिरहन मेहनत गर्नुपर्छ, विद्यमान परिवेशमा दर्शकलाई आकर्षित गर्न चलचित्र सफल हुनेछ ।”

‘भाइरल गोर्खे’ चलचित्रको पटकथा पढेपछि सबै अभिनेता लोभिने जनाउँदै मनोरञ्जन प्रदान गर्ने समयसान्दर्भिक विषयवस्तु समेटिएको पाएपछि प्रस्ताव स्वीकार गरी चलचित्रमा जोडिएको उनले बताए । निगम श्रेष्ठको निर्देशनमा तयार भएको उक्त चलचित्रमा अभिनेता मल्लसँगै अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, पत्रकार ऋषि धमलालगायतले अभिनय गरेका छन् ।

Ncell
Hardik health

आजदेखि नै प्रदर्शन भएको चलचित्र ‘मिरमिरे’मा बुवा र छोरीबीचको सम्बन्धको कथा देखाइएको छ । अभिनेता दयाहाङ राईले चलचित्रले सामाजिक विषयसँगै भावनात्मक सम्बन्धका विभिन्न पाटालाई समेटेको बताए । उनले भने, “हामीले प्रचार सामग्रीमा चलचित्रको विषयलाई बिम्बका रूपमा प्रस्तुत गरेका छौँ, यो विषयले हरेक बुवा र छोरीलाई छोइरहेको महसुस हुन्छ, हामी सबैले मेहनत गरेर दर्शकका लागि राम्रो चलचित्र ल्याउने प्रयास गरेका छौँ ।”

उक्त चलचित्रका निर्देशक यम शेर्पाले विषयवस्तु नयाँ र मौलिक रहोस् भन्ने उद्देश्यले सबै कलाकारसँग समन्वय गरी छोटो समयमा चलचित्र तयार गरेको बताए  । उनले भने, “कथालाई पटकथामा रूपान्तरण गरेपछि ढिला गर्नु हुँदैन भन्ने लाग्यो, हामीले मेहनत गरेर फिल्म बनाउँछौँ, तर हामीभन्दा अगाडि विदेशी चलचित्रमा यस्तै कथा देखियो भने नक्कल गरेको आरोप लाग्न सक्छ, त्यसैले यो कथालाई छिटो दर्शकमाझ पु¥याउनुपर्छ भन्ने लागेर निकै मेहनतका साथ काम गरेका हौँ ।”

यार्सा फिल्म्सद्वारा निर्माण गरिएको ‘मिरमिरे’मा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठलगायतका कलाकारले पनि अभिनय गरेका छन् । आजदेखि नै प्रदर्शन भएको चलचित्र ‘गोबर गणेश’लाई ‘बल्छी धुर्वे’ का रूपमा चिनिएका कलाकार मरिचमान श्रेष्ठले निर्देशन गरेका छन् । उनकै मुख्य भूमिका रहेको उक्त चलचित्रमा आमालाई खुसी पार्ने सपना बोकेर गाउँको एक ठिटो सहरमा आएपछि हुने उतारचढाव देखाइएको छ ।

उक्त चलचित्रमा वर्षा शिवाकोटी, पूजन घिमिरे, सीतादेवी तिमल्सिना, पदम तामाङलगायतका कलाकारले अभिनय गरेका छन् ।तीन नयाँ चलचित्र एकसाथ प्रदर्शनमा आएता पनि चलचित्र भवनमा दर्शकको चाप देखिएको छैन । प्रायः बिदाको समयमा चलचित्रले राम्रो व्यापार गर्ने गरेको र सोही कारण माघेसङ्क्रान्ति निर्माताको रोजाइमा परेको हो ।
 


प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
शुक्रबार हलमा फिल्मको तात्ती, ‘पेन्सन पट्टा’लाई सर्वाधिक शो
शुक्रबार हलमा फिल्मको तात्ती, ‘पेन्सन पट्टा’लाई सर्वाधिक शो बिहीबार, भदौ २५, २०८३
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु बिहीबार, भदौ २५, २०८३
केएमसीका ३ हजार विद्यार्थीले हेरे ‘एक चिहान’
केएमसीका ३ हजार विद्यार्थीले हेरे ‘एक चिहान’ बिहीबार, भदौ २५, २०८३
सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै
सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै बिहीबार, भदौ २५, २०८३
चलचित्र कलाकार संघको ३८औँ स्थापना दिवसमा रक्तदान र राहत संकलन
चलचित्र कलाकार संघको ३८औँ स्थापना दिवसमा रक्तदान र राहत संकलन बुधबार, भदौ २४, २०८३
रसुवा बाढीपीडितलाई तामाङ कलाकार संघले ९ लाख सहयोग गर्ने
रसुवा बाढीपीडितलाई तामाङ कलाकार संघले ९ लाख सहयोग गर्ने बुधबार, भदौ २४, २०८३
फर्स्टलुक पोस्टरसहित बिजुको ‘अन्तिम दाउ’ घोषणा
फर्स्टलुक पोस्टरसहित बिजुको ‘अन्तिम दाउ’ घोषणा मंगलबार, भदौ २३, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP