काठमाडौं - चलचित्र ‘हन्टर’को छायांकन सकिएको छ । एक्सन ड्रामा जानराको चलचित्र ‘हन्टर’को छायांकन ४५ दिनमा सकिएको हो । चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन गरिएको निर्माणपक्षले जनाएको छ ।
चलचित्र ‘हन्टर’लाई जीवन सिंहले निर्देशन गरेका छन् । उनको यो डेब्यू निर्दशन हो । क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रको लेखक र एडिटर पनि निर्देशक स्वयं हुन् ।
चलचित्रले सुदूरपश्चिमको कथा भन्नेछ । चलचित्र एक्सन इन्टरटेनर हुने निर्देशक सिंहको भनाइ छ । ‘हन्टर’ रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशकले बताएका छन् । तर, रियल पात्रको कथामा फिक्सनाइज गरिएको निर्देशक जीवनको भनाइ छ । चलचित्रको मुख्य भूमिकामा अरुण क्षेत्री छन् ।
प्रकाश साह, गरिमा शर्मा, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन, गीता अधिकारीको अभिनय रहेको छ । कृष्ण थापाको डीओपी रहेको चलचित्र ‘हन्टर’मा एक्सन शुक्ररा साहको छ । विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी रहेको चलचित्रमा बाबुल गिरीको संगीत छ ।
चलचित्रमा ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहेको छ भने कार्यकारी निर्माता रोयल भिमसेन हुन् । ममता सिहं, गोविन्द राज रोक्का र राज ए भट्ट निर्माता रहेको चलचित्रमा मनीष चन्द सह–निर्माता छन् । चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन । पोस्टको काम सबै सकिएपछि मात्रै रिलिज मिति घोषणा गर्ने निर्देशक सिंहले जानकारी दिएका छन् ।