काठमाडौं- स्थानीय बजारमा सामान्यले सुनचाँदीको मूल्य बढेकाे छ । आज छापावाल सुन ताेलाको १५ सय रुपैयाँले बढेकाे हाे ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार १५ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे सुनको मूल्य प्रतितोला दुई लाख ७६ हजार ५ रुपैँयामा कारोबार भएको थियो ।
आज चांँदीको मोल बढेर प्रतितोला पाँच हजार ६ सय ५५ रुपैँयामा कारोबार भइरहेकाे महासंघले जनाएको छ । यस्तै हिजाे चाँदी प्रतितोला पाँच हजार ३ सय ४० रुपैँयामा कारोबार भएको थियो ।