काठमाडौं- स्थानीय बजारमा निरन्तर सुनचाँदीको मूल्य बढेकाे छ । आज छापावाल सुन ताेलाको १८ सय रुपैयाँले बढेकाे हाे ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७६ हजार ५ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे सुनको मूल्य प्रतितोला दुई लाख ७४ हजार ७ सय रुपैँयामा कारोबार भएको थियो ।
आज चांँदीको मोल बढेर प्रतितोला पाँच हजार ३ सय ४० रुपैँयामा कारोबार भइरहेकाे महासंघले जनाएको छ । यस्तै हिजाे चाँदी प्रतितोला पाँच हजार १ सय ९५ रुपैँयामा कारोबार भएको थियो ।