Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • गायक भरतचन्द्र गुरुङको लोक रक गीत ‘छ सलाम मायालाई’ सार्वजनिक
गायक भरतचन्द्र गुरुङको लोक रक गीत ‘छ सलाम मायालाई’ सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०८२

काठमाडौं -  पूर्व उपरथी गायक भरतचन्द्र गुरुङको लोक रक गीत ‘छ सलाम मायालाई’ सार्वजनिक गरिएको छ । लामा गुरुङ सेवा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा समाजका अध्यक्ष ई.महेन्द्र बहादुर गुरुङको सभापतित्वमा भएको थियो । गौरव गुरुङको शब्द रचना एवं मदनसिंह नेपालीको संगीत रहेको ‘छ सलाम मायालाई’ गीतको भिडियोलाई कार्यक्रमका बीचमा सार्वजनिक गरिएको हो । 

कार्यक्रममा सहायकरथी गीतकार गौरव गुरुङ, संगीतकार मिलन सिंह नेपाली, संगीतकार मिलन मोक्तान, पूर्व उपरथी गीतकार डा.आश बहादुर तामाङ, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा लगायतको आतिथ्यता रहेको थियो । लामा गुरुङ सेवा समाजका संस्थापक तथा परिकल्पनाकार स्व.क्या.ईन्द्रजित गुरुङ तथा स्व.श्रीमती महालक्ष्मी गुरुङको तस्विरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा उपस्थित रहेका अतिथिहरुलाई समाजका उपाध्यक्ष समेत रहेका पूर्व उपरथी नवराज गुरुङले मन्तव्यद्वारा स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव सञ्जु गुरुङले गरेका थिए ।कार्यक्रममा सभापति तथा अतिथिद्वारा स्रष्टाहरुलाई सम्मानसमेत गरिएको थियो । रचनाकार गौरव गुरुङ, संगीतकार मदनसिंह नेपाली, भिडियो निर्देशक मिलन मोक्तान, पटकथा लेखनको तर्फबाट पूर्व उपरथी डा.आश बहादुर तामाङलाई मायाको चिनो दिएर सम्मानसमेत गरिएको थियो ।  

भिडियो विमोचनपछि गीत, संगीत र गायनको बारेमा संगीतकार मदनसिंह नेपालीले मन्तव्य राखेका थिए । नेपालीले लोक रकस्टारको रुपमा गायक भरतचन्द्र गुरुङलाई पाएको बताउँदै उहाँले सुरक्षा सेवामा देशको सेवा गरेजस्तै अब सांगीतिक क्षेत्रमा पनि आफ्नो रिटायर्ड लाइफलाई उर्जामय बनाउने बताएका थिए । छ सलाम मायालाई गीत जीवनलाई उर्जा दिने, भरपुर मनोरञ्जन रहेको बताएका थिए । त्यस्तै भिडियो निर्माणका बारेमा निर्देशक मिलन मोक्तानले शुभकामना मन्तव्य दिँदै भरतचन्द्र गुरुङको उर्जा देखेर आफू लोभिएको समेत बताए । निर्देशक मोक्तानले गीतको अडियो अनुसार भिडियोलाई प्रस्तुत गर्न सकेसम्मको सिर्जनात्मक विवेक लगाएको समेत बताए । 

Hardik health

त्यस्तै गीतको पटकथाबारे पूर्व उपरथी डा.आशबहादुर तामाङले शुभकामना दिँदै गायक भरतचन्द्र गुरुङको गायन शैली र संगीतको मर्म अनुसार कथा निर्माण गरेको बताए । लोक रकस्टारका रुपमा उदाएका पूर्व उपरथी भरतचन्द्र गुरुङ सैनिक सेवामा रहँदादेखि नै नजिक रहेको बताउँदै उहाँको स्वभाव, गायन शैली र गीतको जनराअनुसार कथा निर्माण गरेको बताए । 

त्यस्तै कार्यक्रममा रुम्जाटार लामा गुरुङ समाजका चेली ज्वाइँ राजदेवी गुरुङ, तेजबहादुर गुरुङ, प्रेम कुमारी गुरुङ र कुलकुमार गुरुङलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तिहरुलाई सभापति ई.महेन्द्रबहादुर गुरुङ तथा अतिथिहरुद्वारा सम्मानपत्र र खादाद्वारा सम्मान अर्पण गरिएको थियो । सम्मान ग्रहण पछि प्रेम कुमारी गुरुङ र राजदेवी गुरुङले मन्तव्य दिँदै सम्मानयोग्य ठानेकोमा समाजप्रति कृतज्ञता व्यक्त गरेका थिए । 

कार्यक्रममा रुम्जाटार गुम्बा फाउन्डेसनका तर्फबाट पूर्व अध्यक्ष सि.आइ. टेकबहादुर गुरुङ, खोटाङ गुरुङ समाजका अध्यक्ष होमनाथ गुरुङ, समाजसेवी क्या.गणेश गुरुङ, रुम्जाटार गुम्बा फाउन्डेशनकाको तर्फबाट क्या.मोहन कुमार गुरुङ, रुम्जाटार गुरु सेवा समाजका अध्यक्ष अरुण कुमार गुरुङले शुभकामना मन्तव्य दिएका थिए । 

कार्यक्रममा उपस्थित अतिथिहरुलाई हार्दिक आभार प्रकट गर्दै लोक तथा रकस्टार पूर्व उपरथी भरतचन्द्र गुरुङले ‘छ सलाम मायालाई’ गाउँदाका अनुभव सुनाएका थिए । आफ्ना काका गीतकार गौरव गुरुङ पारिवारिक रुपमा जेनेरेशनको ज्ञाता भएको बताउँदै उनको सिर्जनाले मलाई उर्जा दिएको बताए । गायक गुरुङले पारिवारिक आत्मीयता, जेनेरेशन र जीवन संगीनीको साथले मानिसको जीवनमा उर्जा, हौसला र सफलता मिल्ने कथालाई प्रस्तुत गीत लेखनबाट प्रष्टा गरिदिएकोमा काका गौरव गुरुङप्रति कृतज्ञ रहेको बताए ।

त्यसैगरी आफ्नी जीवन संगीनी चाँदनी गुरुङको आगमनसँगै आफूले जिन्दगीमा सफलता प्राप्त गरेको र उनकै विशेष साथ र सहयोगले सुन्दर संसार प्राप्त गरेको समेत बताए । गीतको भाव नै स्वस्थ मनोरञ्जन प्रदान गर्ने, उत्साह दिने र उर्जाशील बनाउने रहेकोले सबैमा लागू हुने गायक गुरुङले गीतसँग सम्बन्धित सम्पूर्ण स्रष्टा, प्राविधिकहरुलाई हार्दिक धन्यवाद समेत व्यक्त गरेका थिए । नेपालको पहिलो ड्रमर लिजेन्ड्री देव राना र भेट्रान पप गायक दीपक थापा लाई उत्प्रेरकका रुपमा लिएको गायक गुरुङले बताए । 

कार्यक्रममा गायक भरतचन्द्र गुरुङका पिता एवं लामा गुरुङ सेवा समाजका संस्थापक तथा परिकल्पनाकार क्या.ईन्द्रजित गुरुङको योगदान र जीवन कहानीका बारेमा लेखिएको पुस्तक मायाको चिनो स्वरुप उपस्थित सबैलाई प्रदान गरिएको थियो ।कार्यक्रमलाई समापन गर्दै लामा गुरुङ सेवा समाजका अध्यक्ष ई.मेहन्द्र बहादुर गुरुङले कार्यक्रमलाई भव्य सभ्य बनाइदिएकोमा सम्पूर्ण उपस्थिति अतिथि एवं समाजको निमन्त्रणा स्वीकार गरी पाल्ने पाहुनाहरुलाई हार्दिक आभार प्रकट गरेका थिए । 


 


प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
'जोगिन्दर'ले गाईजात्रालाई लक्षित गर्दै हास्यव्यंग्य प्रस्तुति 'बालेन सरकार' गरे सार्वजनिक
'जोगिन्दर'ले गाईजात्रालाई लक्षित गर्दै हास्यव्यंग्य प्रस्तुति 'बालेन सरकार' गरे सार्वजनिक आइतबार, साउन २४, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP