काठमाडौं- स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेकाे छ । आज छापावाल सुन ताेलाको ४ हजार एक सय रुपैयाँले बढेकाे हाे ।
आज छापावाल सुनको मूल्य प्रतितोला प्रतितोला दुई लाख ७४ हजार ७ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैँयामा कारोबार भएको थियो ।
आज चांँदीको मोल बढेर प्रतितोला पाँच हजार १ सय ९५ रुपैँयामा कारोबार भइरहेकाे महासंघले जनाएको छ । यस्तै शुक्रबार चाँदी प्रतितोला चार चार हजार ९ सय ९० रुपैँयामा कारोबार भएको थियो ।