काठमाडौं- स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेकाे छ । आज छापावाल सुन ताेलाको एक हजार ८ सय रुपैयाँ र चाँदी एक सय १० रुपैयाँले बढेकाे हाे ।
आज छापावाल सुनको मूल्य प्रतितोला प्रतितोला दुई लाख ७०हजार६ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार ८ सय रुपैँयामा कारोबार भएको थियो ।
आज चांँदीको मोल प्रतितोला ११० रुपैँयाले बढेर र प्रतितोला चार हजार ९ सय ९० रुपैँयामा कारोबार भइरहेकाे महासंघले जनाएको छ । यस्तै शुक्रबार चाँदी प्रतितोला चार हजार ८ सय ८० रुपैँयामा कारोबार भएको थियो ।