काठमाडाैं- स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेकाे छ । आज छापावाल सुन ताेलाको दुई हजार एक सय रुपैयाँ र चाँदी ४५ रुपैयाँले बढेकाे हाे ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार ८ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे सुनको मूल्य प्रतितोला दुई लाख ६५ हजार ७ सय रुपैँयामा कारोबार भएको थियो ।
आज चांँदीको मोल प्रतितोला ४५ रुपैँयाले बढेर र प्रतितोला चार हजार ८ सय ८० रुपैँयामा कारोबार भइरहेकाे महासंघले जनाएको छ । यस्तै बिहीबार चाँदी प्रतितोला चार हजार ८ सय ३५ रुपैँयामा कारोबार भएको थियो ।