काठमाडाैं- स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुन ताेलाको दुई हजार चार सय रुपैयाँ र चाँदी ४५ रुपैयाँले घटेकाे हाे ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६५ हजार ७ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार एक सय रुपैँयामा कारोबार भएको थियो ।
आज चांँदीको मोल प्रतितोला ४५ रुपैँयाले घटेर प्रतितोला चार हजार ८ सय ३५ रुपैँयामा कारोबार भइरहेकाे महासंघले जनाएको छ । यस्तै बुधबार चाँदी प्रतितोला चार हजार ८ सय ८० रुपैँयामा कारोबार भएको थियो ।