काठमाडौं - स्थानीय बजारमा सुनचाँदीको मूल्य आज चार सयले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार ७ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजाे सुनको मूल्य प्रतितोला दुई लाख६८ हजार एक सय रुपैँयामा कारोबार भएको थियो ।
आज चांँदीको मोल प्रतितोला ५५ रुपैँयाले बढेर प्रतितोला चार हजार ९ सय ३५ रुपैँयामा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।
यस्तै साेमबार पच्चिस रुपैँयाले घटेर चाँदी प्रतितोला चार हजार ८ सय ८० रुपैँयामा कारोबार भएको थियो ।