काठमाडौं - स्थानीय बजारमा सुनचाँदीको मूल्य आज पनि बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला तीन हजार एक सय रुपैँयाले बढेर प्रतितोला दुई लाख ६८ हजार एक सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजाे चार हजार चार ६ सय रुपैँयाले बढेर सुनको मूल्य प्रतितोला दुई लाख ६५ हजार रुपैँयामा कारोबार भएको थियो ।
आज चांँदीको मोल प्रतितोला एक सय ९५ रुपैँयाले बढेर प्रतितोला चार हजार ८ सय ८० रुपैँयामा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।
यस्तै साेमबार पच्चिस रुपैँयाले घटेर चाँदी प्रतितोला चार हजार एक सय ८५ रुपैँयामा कारोबार भएको थियो ।