काठमाडौं - स्थानीय बजारमा सुनचाँदीको मूल्य आज ह्वात्तै बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला चार हजार चार ६ सय रुपैँयाले बढेर प्रतितोला दुई लाख ६५ हजार रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार एक्काइस सय रुपैँयाले घटेर सुनकाे मूल्य प्रतितोला रु दुई लाख ६० हजार ४०० रुपैँयामा कारोबार भएको थियो ।
यस्तै आइतबार पच्चिस रुपैँयाले घटेकाे चाँदी आज प्रतितोला एक सय ८५ रुपैँयाले बढेर प्रतितोला चार हजार छ सय ८५मा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।
हिजाे चांँदीको मोल चार हजार ५०० रुपैँयामा कारोबार भएको थियो ।