काठमाडौं - साताकाे काराेबारकाे पहिलाे दिन स्थानीय बजारमा सुनचाँदीको मूल्य आज घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक्काइस सय रुपैँयाले घटेर प्रतितोला दुई लाख ६० हजार ४०० रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुनकाे मूल्य प्रतितोला रु दुई लाख ६२ हजार ५०० रुपैँयामा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला पच्चिस रुपैँयाले घटेर प्रतितोला रु चार हजार ५०० मा कारोबार भइरहे्काे महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला चाँदीको मोल चार हजार ५२५रुपैँयामा कारोबार भएको थियो ।