काठमाडौं - स्थानीय बजारमा सुनचाँदीको मूल्य आज बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६२ हजार ५०० रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार छापावाल सुन प्रतितोला रु दुई लाख ५९ हजार ६०० रुपैँयामा कारोबार भएको थियो ।
आज चाँदीको प्रतितोला मूल्य रु चार हजार ५२५ मा कारोबार भइरहे्काे महासंघले जनाएको छ ।
हिजाे प्रतितोला चाँदीको मोल रु चार हजार ४१५ मा कारोबार भएको थियो ।