काठमाडौं - गायक राजेश पायलको स्वरमा भुवनको जुनसंग के दाँजुर... सार्वजनिक भएकाे छ । म्युजिक भिडियो मोडल भुवन लोहनीले आफ्नो रचनामा तेस्रो नयाँ गीत ‘जुनसंग के दाँजुर...’को भिडियो पनि दर्शकमाझ ल्याएका हुन् ।
केही वर्ष यताबाट अमेरिकामा बस्दै आएका उनी पछिल्लो समय गीत लेखनमा पनि क्रियाशिल छन् ।यो गीतको भिडियोलाई उनले आफ्नो छोराको जन्म दिनको शुभ अवसरसँगै नयाँ वर्ष २०२६ को पूर्व सन्ध्यामा ओएसआर डिजिटलबाट रिलिज गरेका हुन् । गत महिना नेपाल आएको बेला भुवनले यो गीतको भिडियोको छायांकन गरेका हुन् ।
भुवनको रचनाको यो गीतलाई लोकप्रिय गायक राजेश पायल राईले गायका हुन् । यो आधुनिक गीतमा संगीतकार दिपक शर्माले संगीत गरेका छन् । गीतको सगीत संयोजन साहस शास्यले गरेका हुन भने यसमा मिक्सिङ तथा मास्टरिड किशोर थापाको रहेको छ ।
गीतको भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा नव मोडल अर्विसा थापासँग गीतकार तथा मोडल भुवन लोहनी आफैँले मोडलिङ गरेका छन् । उनीहरुको जोडी आकर्षक देखिएको छ । यो गीतको भिडियोलाई उनले आफ्नो जन्म थलो लमजुङमा छायांकन गरेका हुन् । भिडियोमा सुन्दर दृष्य र मनोरम हिमालहरू समेटिएको छ ।
भिडियोको निर्मातामा सविता घले मोहनी रहेकी छिन् । यो गीतको भिडियोलाई कृष्ण बहादुर थापाले निर्देशन गरेका हुन् । छायांकन कृष्ण आफैँले भिडियो पनि खिचेका हुन् । छायांकार कृष्णले गीतको सौन्दर्य भावलाई दृश्यको माध्यमबाट भिडियोमा उतारेका छन् ।