काठमाडौं - प्रहरी बनेर ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । काठमाडौंका विभिन्न औषधि पसलहरूमा गई हामी लागु औषध ब्यूरोबाट खटि आएका प्रहरी हौं भनि पसलको खानतलासी गरी डर त्रास देखाई रकम असुली गर्ने निम्न २ जनालाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेकाे हाे ।
प्रहरी टोलीले उनीहरुलाई काठमाडौं जिल्लाकाे गोकर्णेश्वर नगरपालिका ६ स्थित औषधी पसलबाट नियन्त्रणमा लिएकाे जनाएकाे छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाका नमोबुद्ध नगरपालिका ५ घर भइ जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका बस्ने वर्ष ३७ को आकाश भन्ने नानि बावु लामा र दोलखा जिल्लाकाे मेलुङ गाउँपालिका ६ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ६ बस्ने वर्ष ३४ को प्रकाश तामाङ रहेका छन् ।
उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट दिन ६ (छ) को म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।