काठमाडौं - धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको बसमा भन्सार छलि गरी ल्याएका सामान प्रहरीले जफत गरेकाे छ । बुधबार धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ८४९५ नम्बरको बसमा भन्सार छलि गरी सामानहरू ओसार पसार भई रहेको भन्ने सूचनाको आधारमा प्रहरी बिट बाफलबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका ४ स्थित बाफलबाट जफत गरेकाे हाे ।
उक्त बसको डिक्की भित्रबाट २८ बोरा मोबाइलको पार्टस जस्तो देखिने तपसिलमा उल्लिखित सामानहरू सहित निम्न मानिसलाई नियन्त्रणमा लिइ प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान पश्चात् त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइएको हाे ।
पक्राउ परेकामा चालक कञ्चनपुर जिल्लाकाे बेलौरी नगरपालिका ६ मा बस्ने वर्ष २५ को महेश चौधरी रहेका छन् । प्रहरीले बरामद सामानहरू १. २७ बोरामा १५०० पिस टेम्पर ग्लास, ४०५०० पिस × रु. ३५ (१ पिसको अन्दाजी मूल्य) जम्मा रु. १४,१७,५००।- (अक्षरेपि चौध लाख सत्र हजार पाँच सय) ,२. १ बोरामा १०० पिस Airpods, १ पिसको अन्दाजी मूल्य रु.८०० को दरले रु. ८०,०००। (अक्षरेपि असी हजार मात्र) , जम्मा अन्दाजी मूल्य रु. १४,९७,५००।– (अक्षरेपि चौध लाख सन्तानब्बे हजार पाँच सय) जफत गरेकाे हाे ।