Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #रास्वपा
  • #खाँचीकोट
Search Here
अपराध-सुरक्षा
  • Home
  • अपराध-सुरक्षा
  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १६, २०८२

काठमाडौं - अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई प्रहरीले  पक्राउ  गरेकाे छ । 

नवलपरासी पश्चिम जिल्लाकाे सुस्ता गाउँपालिका-३ सेख्वानाबाट अवैध लागूऔषध  ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ३० मिलिग्राम सहित भारत कुशीनगर  कप्तानगंज-११ बस्ने २२ वर्षीय अतुल चौधरी समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले  पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलटारीबाट खटिएको प्रहरीले युपि ५३ एएक्स ५५९४ नम्बरको कारलाई जाँच गर्दा उक्त पदार्थ फेला परी चालक चौधरी समेत दुवै जनालाई पक्राउ गरेको हो ।

मोरङ जिल्लाकाे विराटनगर महानगरपालिका-११ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १ ग्राम सहित सोही महानगरपालिका-१० भूमी प्रशासन चोक बस्ने ३० वर्षीय पप्पु रामलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय विराटानगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सप्तरी, सुरूङ्गा नगरपालिका-१ सुस्लिङ टोलबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५० ट्याबलेट, स्पास्मो प्रोक्सिभन ४० ट्याब्लेट, डाइजेपाम १५ एम्पुल, बुप्रेनोर्फिन १५ एम्पुल र फेनारगन १५ एम्पुल सहित उदयपुर त्रियुगा नगरपालिका-३ रामजानकीटोल बस्ने २२ वर्षीय रूपेश कुमार चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले प्रदेश-१\०५\००१ प ९०८८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

Hardik health

बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिका-३ ब्रह्मस्थानबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पचरौता नगरपालिका-३ रामनगर बस्ने ३३ वर्षीय राजकुमार कुशवाहा र २८ वर्षीय पुनदेव पटेल रहेका छन् । इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगंज  खजानीबाट खटिएको प्रहरीले ना. ५४ प ६१८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

सिन्धुली जिल्लाकाे कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९५ ग्राम ५ सय ९० मिलिग्राम सहित मोरङ विराटनगर महानगरपालिका-५ बस्ने ३४ वर्षीय महम्मद समसिरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले काठमाडौंबाट राजबिराजतर्फ जाँदै गरेको बा.५ ख १९६७ नम्बरको हायस गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

जुम्ला जिल्लाकाे चन्दननाथ नगरपालिका-६ छिना गाउँ बस्ने २२ वर्षीय कविन्द्र रावललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ४० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर जिल्लाकाे मनहरी गाउँपालिका-७ मनहरी बजारबाट अवैध लागूऔषध गाँजा करिब ५३ किलो ५ सय ७० मिलिग्राम सहित राक्सिराङ गाउँपालिका-९ अठारे बस्ने ३० वर्षीय हिरालाल प्रजा समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी
कार्यालय मनहरीबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा. प्र.०१. ००६ ख ७७०१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

उदयपुर, त्रियुगा नगरपालिका-६ लालपत्ताबाट नियन्त्रित लागूऔषध फेनारगन ३ एम्पुल, डाइजेपाम ३ एम्पुल र बुप्रेनोर्फिन ३ एम्पुल सहित सोही नगरपालिका-१२ बस्ने २४ वर्षीय सरोज मगर समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लाहानबाट गाईघाटतर्फ जाँदै गरेको मधेश प्रदेश ०१-००१ ज ०२५० नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्
थप अपराध-सुरक्षा
भन्सार छलि गरी ल्याएका सामान जफत
भन्सार छलि गरी ल्याएका सामान जफत बुधबार, पुस १६, २०८२
पेस्तोल तथा भरूवा बन्दुक बरामद
पेस्तोल तथा भरूवा बन्दुक बरामद बुधबार, पुस १६, २०८२
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ मंगलबार, पुस १५, २०८२
चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ
चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ मंगलबार, पुस १५, २०८२
जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ सोमबार, पुस १४, २०८२
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस १४, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP