काठमाडाैं- आज पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ ।
आज प्रतिताेला एघार सयले घटेर एक तोला सुनको मूल्य दुई लाख ६१ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
हिजाे एक तोला सुनको मूल्य दुई लाख ६२ हजार १०० रुपैयाँमा कायम भएको थियाे ।
त्यसैगरी, आज चाँदीकाे मूल्य घटेर प्रतिताेला चार हजार ४७० रुपैयाँ निर्धारण भएकाे छ । मंगलबार एक तोला चाँदीको मूल्य चार हजार ५९० रुपैयाँ निर्धारण भएको थियाे ।