तमु ल्होसार गुरुङ समुदायको महान चाड हो । यो समुदायले मान्ने १२ वर्गभित्र च्यु (मुसा), ल्वो (गोरु), तो (बाघ), ह्युइ (बिरालो), मुप्री (गरुड), सप्री (सर्प), त (घोडा), ल्हु (भेडा), प्र (बाँदर), च्ह्या (कुखुरी/चरा), खी (कुकुर) र फो (सुँगुर) पर्दछन् । यी वर्ग हरेक १२ वर्षमा दोहोरिन्छ । गुरुङहरू सौरमासअनुसार पुस १५ गतेका दिन तमु ल्होसार मान्दछन् । यसै दिनदेखि सूर्य दक्षिणायणबाट उत्तरायणतिर लाग्ने अथवा सूर्यको गतिबाट रात लामो र दिन छोटो हुने क्रमको अन्त्य भई रात छोटो र दिन लामो हुने क्रम सुरु हुन्छ । गुरुङ समुदायले मान्ने नयाँ वर्ष हुनाले यस पर्वलाई तमु ल्होसार भनिएको हो ।तमु ल्होसार गुरुङ समुदायको महान चाड हो । यो समुदायले मान्ने १२ वर्गभित्र च्यु (मुसा), ल्वो (गोरु), तो (बाघ), ह्युइ (बिरालो), मुप्री (गरुड), सप्री (सर्प), त (घोडा), ल्हु (भेडा), प्र (बाँदर), च्ह्या (कुखुरी/चरा), खी (कुकुर) र फो (सुँगुर) पर्दछन् । यी वर्ग हरेक १२ वर्षमा दोहोरिन्छ । गुरुङहरू सौरमासअनुसार पुस १५ गतेका दिन तमु ल्होसार मान्दछन् । यसै दिनदेखि सूर्य दक्षिणायणबाट उत्तरायणतिर लाग्ने अथवा सूर्यको गतिबाट रात लामो र दिन छोटो हुने क्रमको अन्त्य भई रात छोटो र दिन लामो हुने क्रम सुरु हुन्छ । गुरुङ समुदायले मान्ने नयाँ वर्ष हुनाले यस पर्वलाई तमु ल्होसार भनिएको हो ।तमु ल्होसार गुरुङ समुदायको महान चाड हो । यो समुदायले मान्ने १२ वर्गभित्र च्यु (मुसा), ल्वो (गोरु), तो (बाघ), ह्युइ (बिरालो), मुप्री (गरुड), सप्री (सर्प), त (घोडा), ल्हु (भेडा), प्र (बाँदर), च्ह्या (कुखुरी/चरा), खी (कुकुर) र फो (सुँगुर) पर्दछन् । यी वर्ग हरेक १२ वर्षमा दोहोरिन्छ । गुरुङहरू सौरमासअनुसार पुस १५ गतेका दिन तमु ल्होसार मान्दछन् । यसै दिनदेखि सूर्य दक्षिणायणबाट उत्तरायणतिर लाग्ने अथवा सूर्यको गतिबाट रात लामो र दिन छोटो हुने क्रमको अन्त्य भई रात छोटो र दिन लामो हुने क्रम सुरु हुन्छ । गुरुङ समुदायले मान्ने नयाँ वर्ष हुनाले यस पर्वलाई तमु ल्होसार भनिएको हो ।
आज पुस १५ । वर्षको सर्वाधिक छोटो दिन र लामो रातलाई गुरुङ समुदायले तमु ल्होसार (ल्होछार)को रुपमा मनाउँछन् । आज देश तथा विदेशमा रहेका तमु (गुरुङ)हरुले हर्षोल्लासका साथ यो पर्व मनाउँदै छन् । नयाँ वर्षको रुपमा मनाउने यो ल्होछारलाई तोला ल्होछारको नामले पनि चिनिन्छ । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार/छार’ को अर्थ नयाँ हुन्छ । १२ वटा जीवजन्तुलाई वर्ग मानिएको हुन्छ, जुन प्रत्येक वर्ष फेरिन्छ । यसरी वर्ग फेर्ने दिनलाई ल्होसार अर्थात् नयाँ वर्षको रुपमा लिइने परम्परा रहेको छ ।

श्रङ्चङ्गम्पोको तिब्बतमा उदयसँगै उनले भाषा, लिपि, धर्म, सांस्कृतिक अभियान थाल्दा नेपाल, भारत र तिब्बतका विद्धान् भेला भई महिनाभर हर्षोल्लासपूर्वक ल्होसार मनाएको बताइन्छ । तमु ल्होसार तिथिका आधारमा नभई प्रत्येक वर्ष पुस १५ गतेका दिन मनाइने गरिन्छ । तिथिका आधारमा मनाइने अन्य दुईवटा ल्होसार रहेका छन् । चन्द्र पात्रोमा आधारित सोनाम ल्होछार माघ शुक्ल प्रतिपदाका दिन मनाइन्छ । नेपालमा तामाङ, ह्योल्मोलगायत समुदायले सोनाम ल्होछार मनाउँदै आएका छन् । सोही दिन भारत, चीन, मंगोलिया, भुटानलगायत विश्वका विभिन्न देशहरुमा पनि ल्होछार तथा नयाँ वर्ष मनाइन्छ । त्यसको एक महिनापछि ग्याल्बो लोसार मनाइन्छ । यो लोसार भने नेपालमा शेर्पा समुदायसँगै हिमाली क्षेत्रका समुदायले मनाउँछन् । यी तीनवटै ल्होछारमा वर्ग परम्परा भने समान नै रहेको भेटिन्छ । सोही वर्ग अर्थात् ल्होकै आधारमा यी समुदायका मानिसहरुको जन्मदेखि मुत्युसम्मको संस्कार हुने गर्दछ ।
प्रत्येक वर्ष फेरिने ल्हो १२ वर्षपछि मात्र दोहोरिन्छ । शाक्यमुनि गौतम बुद्धभन्दा अगाडिको बुद्ध महापरिनिर्वाण हुन लाग्दा जुन-जुन जनावर पहिलोपल्ट दर्शनमा पुगे उसैको नाउँमा वर्षको नाउँ राखिएको बताइन्छ । ल्होछार नेपाल, चीन, तिब्बत, भारतको लद्दाख, मंगोलिया, जापान, कोरिया, हङ्कङ, भियतनाम, लाओस्, थाइल्याण्ड, ताइवान, मलेरिया, सिंगापुर आदि मुलुकमा मनाइन्छ । नेपालका तामाङ, गुरुङ, शेर्पा, ह्योल्मो, मनाङे, डोल्पाली, तोप्केगोला, सिङ्सा, ताङ्वे, थकाली, खाममगर, दुरा, भोटे, नेस्याङ्वालगायतले ल्होछार/ल्होसारलाई नयाँ वर्षका रूपमा मनाउँछन् ।
तमु ल्होसार
तमु ल्होसार गुरुङ समुदायको महान चाड हो । यो समुदायले मान्ने १२ वर्गभित्र च्यु (मुसा), ल्वो (गोरु), तो (बाघ), ह्युइ (बिरालो), मुप्री (गरुड), सप्री (सर्प), त (घोडा), ल्हु (भेडा), प्र (बाँदर), च्ह्या (कुखुरी/चरा), खी (कुकुर) र फो (सुँगुर) पर्दछन् । यी वर्ग हरेक १२ वर्षमा दोहोरिन्छ ।
संस्कृतिविद् डा. जगमान गुरुङका अनुसार गुरुङहरू सौरमासअनुसार पुस १५ गतेका दिन तमु ल्होसार मान्दछन् । यसै दिनदेखि सूर्य दक्षिणायणबाट उत्तरायणतिर लाग्ने अथवा सूर्यको गतिबाट रात लामो र दिन छोटो हुने क्रमको अन्त्य भई रात छोटो र दिन लामो हुने क्रम सुरु हुन्छ । गुरुङ समुदायले मान्ने नयाँ वर्ष हुनाले यस पर्वलाई तमु ल्होसार भनिएको हो ।
नयाँ वर्ष अर्थात् ल्होसारमा परम्परा अनुसार पुरोहित (खेगी) पच्यु, क्याब्री र लामाबाट पुस १४ गते रातको १२ बजे दुःख, दोखलोको ग्रह-दशा शान्ति गराउँछन् । र भोलिपल्ट नयाँ बिहानीको झुल्केघामसँगै नयाँ वर्गको स्वागत गर्दछन् । अग्रजहरूबाट आशीर्वाद थाप्दै घर घरमा ल्होसार मनाउँदछन् ।
ल्होसारको एक महिनाअघि वर्ष दिनभित्र नसकिएका काम पूरा गर्ने, अप्रिय घटना नदोहोरिऊन् भनी प्रार्थना गर्ने, गाउँ-टोल, बाटोघाटो, आँगन, चौतारा, पानी-पँधेरो, गोठ आदि सफाइ एवं मर्मत गर्ने गर्दछन् । गुरुङ समुदायले घर घरका साथै सामूहिकरुपमा भेला भएर नाचगान, खानपिनसहित एकआपसमा शुभकामना आदानप्रदान गरी ल्होसार पर्व मनाउँछन् । पछिल्लो समय देश तथा विदेशमा यस पर्वको अवसरमा विभिन्न कार्यक्रम हुने गरेको छ । गुरुङ समुदायका विभिन्न राष्ट्रिय तथा स्थानीय संघसंस्थाहरुले भव्य कार्यक्रमहरु आयोजना गर्छन् । यसले तमु ल्होसारलाई व्यापकता प्रदान गरेको पाइन्छ ।
ल्होसार केवल एक चाडमात्र नभई गुरुङ समुदायको एकतामा बाँध्ने माध्यम बनेको यो समुदायका अगुवाहरु बताउँछन् । विभिन्न कारणले विश्वभर छरिएका गुरुङहरु ल्होसार मनाउने क्रममा एकैसाथ हुने गर्दछन् । भावनात्मकरुपमा गुरुङहरुलाई एक ठाउँमा जोड्ने काम यो चाडले गरेको छ । समुदायको भाषा, संस्कार, संस्कृति र भेषभूषाको जगेर्ना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न ल्होसारले महŒवपूर्ण भूमिका खेलेको छ । यतिमात्रै होइन राजनीतिक जागरण र आफ्नो समुदायको अधिकार स्थापित गर्न पनि ल्होसारले भूमिका खेलेको देखिन्छ । किनभने, यसै अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रमहरुमा राजनीतिक नेतृत्वहरुलाई बोलाएर आफ्नो समुदायका मुद्दाहरु प्रस्तुत गर्ने गरिन्छ । त्यसैको परिणाम मान्नुपर्छ, राज्यले ल्होसारको दिन सार्वजनिक बिदा दिन थालेको ।
कुलुङ चाड, येले दोङ, चाक्वाकुरः
किराँतभित्रका कुलुङहरूको महान् चाड चाक्वाकुर पुस १५ देखि १७ गतेसम्म मनाइने परम्परा छ । कुलुङ आदिभूमि सोलुखुम्बुको महाकुलुङ छेस्कम, गुदेल, बुङ, साद्दी, पार्व, सोत्तो (सोताङ) मौलिक भाषा कुलुुङ परम्पराको पहिचानसहित मनाइन्छ चक्चाकुर । पुस १७ नयाँ वर्ष येले दोङ पनि हुँदा तीन दिन भकारी पूजा गरेर मनाइन्छ ।
मिनारी दाचाम्रीः पुस १५ गते गरिने पूजा । घरमा मीठो-मसिनो खान्छन् ।
तोबुबा-दोलमः दोस्रो दिन चेली-छोरी ज्वाइँलाई बोलाएर खुवाउने ।
नयाँ वर्ष येलेदोङः शुभकामनासहित तोबुबा पिलम भव्य मनाउँछन् ।
पारिवारिक भेटघाट, शुभकामना आदानप्रदान गर्दै मीठोे खाएर मनाउने चाक्वाकुर पर्व सोलुखुम्बुको महाकुलुङमा विशेष मनाइन्छ भने सुनसरी, मोरङ, झापा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, काठमाडौंका कुलुङहरू यस पर्वलाई पुनः जागृत गर्न लागिपरेका छन् ।