काठमाडौं- वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई शुक्रबार पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर नगरपालिका-११ बस्ने सुनसरी इनरूवा नगरपालिका-१ घर भएका ३८ वर्षीय विशाल कटुवाललाई रहेका छन् ।
विशालले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कीर्तिपुर नगरपालिका-११ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।