काठमाडाैं- आज नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । आज प्रतिताेला ६ सयले घटेर एक तोला सुनको मूल्य दुई लाख ७० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
हिजाे एक तोला सुनको मूल्य दुई लाख ७० हजार ६०० रुपैयाँ कायम भएको थियाे ।
त्यसैगरी, आज एक ताेला चाँदीकाे मूल्य ४सयले बढेर प्रतिताेला चार हजार ८९५ रुपैयाँ निर्धारण भएकाे छ । आइतबार एक तोला चाँदीको मूल्य चार हजार ८३५ रुपैयाँ निर्धारण भएको थियाे ।