Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #भेप_हानिकारक
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
  • #बादल’
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • धिरेन र राजेन्द्र खड्गी सम्मानित, ३२ विधामा आदिवासी अवार्ड प्रदान  
धिरेन र राजेन्द्र खड्गी सम्मानित, ३२ विधामा आदिवासी अवार्ड प्रदान  
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस १३, २०८२

काठमाडौं -तेस्रो राष्ट्रिय आदिवासी संगीत एवम् चलचित्र अवार्ड २०८२ काठमाडौँमा सम्पन्न भएको छ ।चलचित्र र गीत संगीतको विभिन्न ३२ विधामा अवार्ड प्रदान गर्दै तेस्रो राष्ट्रिय आदिवासी संगीत एवम् चलचित्र अवार्ड २०८२ काठमाडौँमा सम्पन्न भएको हाे ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उद्घाटनसँगै अघि बढेको अवार्ड समारोहमा लिम्बु, तामाङ, गुरुङ समुदायका कलाकारहरूले आफ्नो लोक गीत संगीत एवम् नृत्य सो कार्यक्रममा प्रस्तुत गरेका थिए । समारोहमा अभिनेता धिरेन शाक्य, अग्रज द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, अग्रज लोक गायक कृष्ण गुरुङलाई विशेष सम्मान गरेकाे छ । अभिनेता देवेन्द्र नेम्वाङ, सञ्चारकर्मी अनिल गुरुङ, संगीतकार विशाल योञ्जन, कलाकार तथा व्यवसायी टासी गुरुङ र ह्याङला रिमठिम तामाङ डम्फु संघ नेपाल पनि सम्मानित भएकाे छ । अवार्डको निर्णायकमा चलचित्र निर्देशक दिनेश लिङदेन, संगीत संयोजक डिका गुरुङ, संगीतकार आरम्भ तामाङ, राज लिम्बु शुक्र रहेका थिए ।

समारोहमा स्वागत मन्तव्य राख्दै अवार्ड संयोजक शनि लिम्बुलाई आदिवासीको गीत संगीत र चलचित्र जोड्न यो अवार्ड आयोजना गर्दै आएको बताइन ।कार्यक्रमका अध्यक्ष उमेश गुरुङले आदिवासी जनजाति समुदायलाई राज्यले बेवास्ता गरेको बेला आफूहरूले अवार्ड र सम्मानबाट प्रोत्साहित गर्दै आएको जिकिर गरे ।

समारोहमा आदिवासी चलचित्र तर्फ उत्कृष्ट चलचित्रको अवार्ड लिम्बु चलचित्र नाम ओतीले र निर्देशकको अवार्ड चलचित्र टुहुरीबाट जनक गुरुङले तिजे । आदिवासी चलचित्र तर्फ उत्कृष्ट अभिनेताको अवार्ड नाम ओतीबाट पूर्ण बहादुर लिम्बुले उत्कृष्ट अभिनेत्रीको अवार्ड श्होङबाट रुपा एस घले हासिल गरे । यस्तै आदिवासी चलचित्र तर्फ नै गुरुङ चलचित्रबाट टुहुरीबाट चरित्र अभिनेताको अवार्ड कुमार साम्री घलेले, चरित्र अभिनेताको जुरी अवार्ड अच्युत गुरुङले र चरित्र अभिनेत्रीको अवार्ड पनि टुहुरीबाटै कमला राई (करु)ले हासिल गरे ।

Hardik health

यसै गरी लिम्बु चलचित्रतर्फ चरित्र अभिनेताको अवार्ड चलचित्र चेबाट तीर्थराज लिम्बुले र चरित्र अभिनेत्रीको अवार्ड नाम ओतीबाट ज्योति लिम्बुले हासिल गरे ।समारोहमा तामाङ तर्फ तामाङ सेलो उत्कृष्ट गायकको अवार्ड सातै प्रदेशबाट देवलाल मोक्तानले, र जुरी अवार्ड आजको रमाइलोबाट हरिलाल तामाङले, तामाङ सेलो गीत उत्कृष्ट गायिकाको अवार्ड हुरहुर दौँतरीबाट ओङमु शेर्पाले र जुरी अवार्ड झेवा मैच्याङबाट लक्ष्मी घिसिङले प्राप्त गरे । तामाङ गीत उत्कृष्ट पुरुष मोडलको अवार्ड फनफनी घुम्नेबाट मंगले तामाङ (मनोज थीङ) र यही विधामा पब्लिक च्वाईस अवार्ड साइला नक्कले गीतबाट सुजन घलेले हासिल गरे । तामाङ सेलो उत्कृष्ट महिला मोडलको अवार्ड जाडो बढ्यो याङ्गी दोङले र महिला मोडल जुरी अवार्ड तुम्लिङटार गीतबाट सपना तामाङले प्राप्त गरिन् ।

यस्तै म्हेन्दोमाया उत्कृष्ट गायकको अवार्ड संकेन तोमौबाट सुमन घलेले म्हेन्दोमाया उत्कृष्ट गायिकाको अवार्ड हंगामा मच्चाइबाट सिता लामाले हासिल गरिन् भने यही विधामा मायालाई चिनो गीतबाट डोल्मा लोप्चनलाई जुरी अवार्ड प्रदान गरियो । यस्तै म्हेन्दोमाया महिला मोडलको अवार्ड तोला तोला गीतको भिडियोबाट सलिना तामाङले प्राप्त गरिन् ।यस्तै मौलिक÷गुरुङ गीत उत्कृष्ट गायिकाको अवार्ड मारै ट झललबाट पवित्र गुरुङले, जुरी अवार्ड फूलको थुंगाबाट दुर्गा गुरुङ र पब्लिक च्वाईस अवार्ड तमु समाज युके गीतबाट अनिता गुरुङले पाए ।

लिम्बु गीत उत्कृष्ट गायकको अवार्ड पालाम आनिङबा ५ बाट शम्भु फोम्बाले, जुरी अवार्ड मिघम्बबाट तानाम तान्छो लावतीले, लिम्बु गीत उत्कृष्ट गायिकाको अवार्ड अम्लेङसा के ओत्लबाट हेमुस्मृती चोङ्बाङले प्राप्त गरे । लिम्बु गीत भिडियो पुरुष मोडलको अवार्ड पालाम फुङहेक्के २ हर्क घिसिङ, महिला मोडलको अवार्ड सोमिप्पाबाट सुम्निमा खापुङ लिम्बुले प्राप्त गरे भने चिन्डो मा धान छ गीतको भिडियोबाट मिना लिम्बुले चरित्र अभिनेत्रीको अवार्ड चुमिन् ।

मौलिक गीत गायन तर्फ उत्कृष्ट गायकको अवार्ड तमु समाज युके गीतबाट आर के गुरुङले, पब्लिक च्वाईस अवार्ड ढोल झ्याम्टोबाट नन्दु राईले, मौलिक उत्कृष्ट गायिकाको अवार्ड उहिलेको मायाबाट शिला राईले, जुरी अवार्ड हौ लुंगाबाट रबिन लेछारले हासिल गरे । आदिवासी गीत गायिकाको अवार्ड काफल पाक्दा बनैमाबाट जुनी खालिङ राईलाई, आदिवासी गीत गायकको अवार्ड लकु फोरीबाट मिस्टर एलोन सोनाम गुरुङलाई प्रदान गरियो ।

आदिवासी म्युजिक भिडियो निर्देशकको अवार्ड जोडी राम्रोबाट रमेश थापामगरले, नृत्य निर्देशकको अवार्ड तमु समाज युकेबाट तेन्याङ (सरु) गुरुङ रानाले, आदिवासी गीत उत्कृष्ट महिला मोडलको अवार्ड हङकङको चिनोबाट रिस्ता गुरुङले, महिला मोडल पब्लिक च्वाईस अवार्ड लकु फोरीबाट देचाङ अंगमा घलेले र आदिवासी म्युजिक भिडियो बाल कलाकारको अवार्ड लकु फोरीबाट तेन्जिङ जस्टिङ गुरुङले प्राप्त गरे ।

यस्तै आदिवासी उत्कृष्ट गीतकारको अवार्ड तमु समाज युकेगीतबाट सूर्य गुरुङले, आदिवासी गीत उत्कृष्ट संगीतकारको अवार्ड लकु फोरी गीतबाट मिस्टर एलोन सोनाम गुरुङले, आदिवासी म्युजिक भिडियो छायांकारको अवार्ड डोको चोयालेबाट  सञ्जय बुढाथोकी मगरले प्राप्त गरे । आदिवासी गीत भिडियो मेकअप आर्टिष्टको अवार्ड आन्छी मिम आफाल्लाङ गीतको भिडियोबाट सोम मगरांतीले प्राप्त गरे । समारोहमा वर्षको सर्वोत्कृष्ट आदिवासी गीतको अवार्ड हङकङको चिनोले हासिल गर्यो भने तमु समाज युकेलाई पब्लिक च्वाईस अवार्ड प्रदान गरियो । क्वालिटी फिल्मस् प्रा.लि.को आयोजनामा अवार्ड सम्पन्न भएको थियो ।


प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘रोल नं १’को पहिलो झलक सार्वजनिक
‘रोल नं १’को पहिलो झलक सार्वजनिक बिहीबार, चैत १९, २०८२
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’  सार्वजनिक
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक बुधबार, चैत १८, २०८२
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक बुधबार, चैत १८, २०८२
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने मंगलबार, चैत १७, २०८२
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति सोमबार, चैत १६, २०८२
चलचित्र ‘पाँच पाण्डव’ छायांकन हुँदै
चलचित्र ‘पाँच पाण्डव’ छायांकन हुँदै आइतबार, चैत १५, २०८२
हामी तीन भाइ प्रदर्शनमा
हामी तीन भाइ प्रदर्शनमा शुक्रबार, चैत १३, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP