काठमाडाैं- आज नेपाली बजारका सुनको चार सय रुपैयाँले मूल्य बढेकाे छ । आज एक तोला सुनको मूल्य दुई लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
बुधबार सुन तोलामा २ हजार रुपैयाँले घटेर एक तोला सुनको मूल्य दुई लाख ६७ हजार १०० रुपैयाँ कायम भएको थियाे ।
त्यसैगरी, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर आज एक ताेला चाँदीकाे मूल्य चार हजार ४०० रुपैयाँ निर्धारण भएकाे छ । बुधबार एक तोला चाँदीको मूल्य चार हजार ४ सय २० रुपैयाँ निर्धारण भएको थियाे ।